मन्त्री महासेठले भने : ‘एकल लेन सडक निर्माण गर्ने कुनै नीति छैन’

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
५२ पटक हेरिएको
Shares
मन्त्री महासेठले भने : ‘एकल लेन सडक निर्माण गर्ने कुनै नीति छैन’

सारांश

  • काठमाडौं, १६ पुस ।
  • प्रतिनिधिसभा अन्तर्गत विकास तथा प्रबिधि समितिको बैठकले सुरक्षित यातायात व्यवस्थापनका लागी सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने र सडक सुरक्षा बार्ड गठन गरि कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
  • सोमबार सिंहदरबारमा बसको समिति बैठक सडक यातायात असुरक्षित हुदै गएको भन्दै सुरक्षित यातायात व्यवस्थापनका लागी सार्वजनिक यातायात प्राधिकरण गठन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

काठमाडौं, १६ पुस । प्रतिनिधिसभा अन्तर्गत विकास तथा प्रबिधि समितिको बैठकले सुरक्षित यातायात व्यवस्थापनका लागी सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने र सडक सुरक्षा बार्ड गठन गरि कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

सोमबार सिंहदरबारमा बसको समिति बैठक सडक यातायात असुरक्षित हुदै गएको भन्दै सुरक्षित यातायात व्यवस्थापनका लागी सार्वजनिक यातायात प्राधिकरण गठन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले प्राविधीक अध्ययन बिना बनाउन लागीएका एकल लेन सडक निर्माण कार्य तत्काल रोख्न निर्देशन दिदै कम्तीमा पनि डवल लेनको सडक बनाउन पनि निर्देशन दिएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सडक दुर्घटना अध्ययन गर्न सहसचिव सरोज प्रधानको नेतृत्वमा समिति बनाएको र एक महिनापछि प्रतिवेदन आउने बताए ।

 

उनले एकल लेन सडक निर्माण गर्ने कुनै नीति नभएको भन्दै त्यस्तो बनाइएको पाईए तत्काल रोकिने स्पष्ट पारे । त्यस्तै, उनले २०७६ साल बैशाख १ बाट उपत्यकामा ३०० विद्युतीय बस चल्ने र विस्तारै देशभरी नै विद्युतीय बस चलाउने सरकारको योजना रहेको जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले प्राविधिक मापदण्ड पूरा नगरी सडक निर्माण गर्नु नै ग्रामीण क्षेत्रमा दुर्घटनाको कारण बनेको धारणा राखेका थिए । त्यस्तै उनीहरुले पुराना सवारीसाधन संचालन,जक्सनको उचित व्यवस्थापन नहुँदा,सडकमा पर्याप्त पुर्वाधार नहुँदा लेन अनुसासन पालन नगर्दा सडक दुर्घटना बढेको बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?