खच्चरका घण्टीले गुञ्जायमान सडकमा मोटरसाइकल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
५३ पटक हेरिएको
Shares
खच्चरका घण्टीले गुञ्जायमान सडकमा मोटरसाइकल

सारांश

  • त्रिपुराकोट, ९ कात्तिक, वर्षौंदेखि यातायातको सुविधा नहुँदा सास्ती भोग्दै आएका डोल्पालीको जीवनशैली बिस्तारै फेरिन थालेको छ ।
  • गत १६ असोजदेखि डोल्पा पूर्ण रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएकाले यातायातको असुविधा हट्न थालेको हो ।
  • डोल्पालाई सडक सञ्जालमा जोड्नका लागि जाजरकोटको पासगाडबाट सडक डोल्पा दुनैसम्मको कच्ची ट्र्याक खुलिसकेकाले यातायातका साधन पनि भित्रिन थालेका छन् ।

त्रिपुराकोट, ९ कात्तिक, वर्षौंदेखि यातायातको सुविधा नहुँदा सास्ती भोग्दै आएका डोल्पालीको जीवनशैली बिस्तारै फेरिन थालेको छ । गत १६ असोजदेखि डोल्पा पूर्ण रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएकाले यातायातको असुविधा हट्न थालेको हो ।

डोल्पालाई सडक सञ्जालमा जोड्नका लागि जाजरकोटको पासगाडबाट सडक डोल्पा दुनैसम्मको कच्ची ट्र्याक खुलिसकेकाले यातायातका साधन पनि भित्रिन थालेका छन् । लम्बाइ ११७.७ किमी रहेको जाजरकोट–डोल्पा सडकखण्डको निर्माण कार्य पूरा भएसँगै डोल्पालीको जीवनशैलीमा परिवर्तन हुन थालेको त्रिपुरासुन्दरी नगरपालिका–१ का तुलबहादुर बोहोराले बताउनुभयो ।

“उक्त नगरपालिकाको वडा नं ५ खदाङसम्म गाडी गुड्छ, अब खदाङ–त्रिपुराकोटखण्डको चँुगाडसम्म गाडी सञ्चालन हुने खबर पाएका छौँ,” बोहोराले भन्नुभयो, “यातायातको असुविधाले चरम सास्ती भोगिरहेका डोल्पालीलाई दैनिक उपभोग्य सामग्री ढुवानीदेखि जिल्ला बाहिर जानसमेत सहज हुनेछ।” चुँगाडसम्म सडक जोडिएसँगै धमाधम मोटरसाइकल भित्रन थालेका छन् ।

डोल्पासम्म पूर्णरुपमा ट्र्याक खुलेको एक महीना नबित्दै दर्जनाँै मोटरसाइकल भित्रिसकेको चुँगाडका बासिन्दाले बताए । हिजो खच्चडका घण्टीले गुञ्जायमान हुने बाटोमा आजभोलि मोटरसाइकलका हर्न बज्न थालेका छन् । तीन–चार महीना पहिलासम्म मान्छे हिँड्न मुस्किल पर्ने साँघुरो बाटोलाई चौडा सडक बनाइएपछि धेरैजसो पर्यटक डोल्पा हेर्नकै लागी मोटरसाइकल लिएर आउने गरेका हुन् ।

यहाँको त्रिपुरासुन्दरी मन्दिर, शे–फोक्सुण्डो ताल, शे–गुम्बा, सुलिगाड झरनाहरू मुख्य पर्यटकीय गन्तव्य हुन् । कुनै बेला पूर्ण रूपमा खच्चडमा निर्भर डोल्पाली आजभोलि मोटरसाइकल कुदेको देख्न पाउँदा खुशीले दङ्ग छन् । “विकासको मुख्य कडी भनेको सडक नै हो, डोल्पासम्म सडक जोडिएपछि हामी खुशी छौँ, कुनै बेला हप्तौँ हिँडेर नेपालगञ्ज पुग्नुपर्ने बाध्यता टरेको छ, अब घरबाट हिँडेको दुई दिनमै गन्तव्यसम्म पुग्न सकिन्छ,” त्रिपुराकोटका कालुप्रसाद हमालले भन्नुभयो । सडक जोडिएसँगै दुई खुट्टा र थाप्लोको भरमा बाँचेका डोल्पालीमा खुशीको सीमा नै नरहेको उहाँको भनाइ थियो ।

यसअघि दैनिक उपभोग्य सामग्री ढुवानी गर्नका लागि रुकुमको चौहरजारी, राडिज्युला, गोतामकोट, जाजरकोटको रिम्ना, तल्लुबगरलगायत बजारमा पुग्नुपर्ने बाध्यता थियो । “पहिला घोडा, खच्चड, याक लिएर सामान ढुवानीका लागि छिमेकी जिल्ला रुकुम र जाजरकोट पुग्दा समय तथा पैसा दुवै खर्च हुन्थ्यो, अहिले खदाङ्सम्म मोटर र ट्र्याक्टर आउँछन्, खच्चड लिएर पनि तीन घण्टामै खदाङ् बजार पुगेर सामान हालेर घर फर्कन सकिन्छ,” खच्चड व्यवसायी खम्बलाल कठायले भन्नुभयो । “डोल्पासम्म बाटो खुलिसकेकाले अब खच्चडको भर पर्नुपर्ने बाध्यता छैन, सयौँ खच्चडले ल्याउने सामान एउटै ट्र्याक्टरले सजिलै भनेकै ठाउँमा पु¥याउन सक्छ, अब डोल्पालीका सुखका दिन आउन थालेका छन् ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्याक्टर ठोक्किंदा एकको मृत्यु, एक घाइते
ट्याक्टर ठोक्किंदा एकको मृत्यु, एक घाइते
चट्याङले बढी क्षति, तर कम तयारी
चट्याङले बढी क्षति, तर कम तयारी
भालुको आक्रमणबाट उदयपुरमा ७७ बर्षीय  बृद्ध गम्भीर घाईते
भालुको आक्रमणबाट उदयपुरमा ७७ बर्षीय बृद्ध गम्भीर घाईते
पर्साको कांग्रेस जसपाले जारी गरेको विज्ञप्तिले गठबन्धनमा हलचल
पर्साको कांग्रेस जसपाले जारी गरेको विज्ञप्तिले गठबन्धनमा हलचल
मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठलार्इ अाक्रमण गर्नेकाे पहिचान भएकाे अाशंका
मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठलार्इ अाक्रमण गर्नेकाे पहिचान भएकाे अाशंका
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
Hindu extremist groups burn the posters of Priyanka Chopra in Delhi!
Hindu extremist groups burn the posters of Priyanka Chopra in Delhi!
दाङमा बम विस्फोट : म्यादी प्रहरीसहित नौ घाइते
दाङमा बम विस्फोट : म्यादी प्रहरीसहित नौ घाइते
डडेल्धुराका सबै तहको मतपरिणाम सार्वजनिक, कुन तहमा कसको जित ?
डडेल्धुराका सबै तहको मतपरिणाम सार्वजनिक, कुन तहमा कसको जित ?
बालुवाटारमा ओलीलाई प्रचण्डले भने ‘भारतले होइन मैले मागेको हो राजिनामा’
बालुवाटारमा ओलीलाई प्रचण्डले भने ‘भारतले होइन मैले मागेको हो राजिनामा’