रेकडब्रेक गर्दै सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २३, २०८२
|
|
२२ पटक हेरिएको
Shares
रेकडब्रेक गर्दै सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

सारांश

  • काठमाडौं।
  • अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।
  • बुधबारको तुलनामा आज एक तोला सुन एक हजार २०० ले महँगो भएको छ।

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बुधबारको तुलनामा आज एक तोला सुन एक हजार २०० ले महँगो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार दुई लाख ३८ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज एक हजार २०० ले बढेर दुई लाख ३९ हजार २०० कायम भएको छ।

चाँदीको मूल्य पनि बढेको छ। बुधबार एक तोला चाँदी दुई हजार ९५५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी तीन हजार २५ मा क्रयविक्रय भइरहेको महासंघका जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?