अत्यधिक रक्तस्रावका कारण सुत्केरीको निधन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २०, २०७९
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • सोलुखुम्बु ।
  • सोलुखुम्बुको सोताङ गाउँपालिकामा सुत्केरीको मृत्यु भएको छ ।
  • सोताङ गाउँपालिका–५ की ३० वर्षीया गंगा बस्नेतको अत्यधिक रक्तस्रावका कारण ज्यान गएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा सुत्केरीको मृत्यु भएको छ ।

सोताङ गाउँपालिका–५ की ३० वर्षीया गंगा बस्नेतको अत्यधिक रक्तस्रावका कारण ज्यान गएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।

स्रोतका अनुसार बिहीबार दिउँसो सोताङ प्राथमिक अस्पतालमा अप्रेशनमार्फत छोरालाई जन्म दिएकी बस्नेतको रक्तस्राव नरोकिएपछि जिल्ला अस्पताल फाप्लु ल्याउँदै गर्दा बाटोमै निधन भएको हो ।

अप्रेशनपछि तत्काल नै रगत चाहिँदा रगत अभावपछि सोताङ प्राथामिक अस्पतालले जिल्ला अस्पताल फाप्लु रेफर गरेको थियो।

गतराति १० बजे सुत्केरीलाई जिल्ला अस्पतालमा ल्याइए पनि उनको मुत्यु भइसकेको अस्पतालले जनाएको छ। शिशुको अवस्था भने सामान्य रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?