राप्रपामा फेरि कचिंगल : यसकारण राणा र चन्दले पनि पार्टी छाड्नसक्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
२५ पटक हेरिएको
Shares
राप्रपामा फेरि कचिंगल : यसकारण राणा र चन्दले पनि पार्टी छाड्नसक्ने

सारांश

  • काठमाडौं  ।
  • पार्टी एकता, झगडा र विभाजन ।
  • फेरि एकता, कचिंगल अनि विभाजन ।

काठमाडौं  । पार्टी एकता, झगडा र विभाजन । फेरि एकता, कचिंगल अनि विभाजन । एउटा सीमित समूहबीच दुनियामा सायदै देख्न सकिने यस्तो रोचक दृश्य अन्यत्र कतै नभएर पूर्वपञ्चहरुको पार्टीमा लामो समयदेखि पटाक्षेप हुँदै आइरहेको छ । कतिपयलाई यस्तो दृश्यले पीडा या मनोरञ्जन दुवै दिएको होला तर एकता र विभाजनको यो श्रृंखलालाई केलाउँदै जाने हो भने झगडाको एउटा महाकाव्य नै तायर हुने अवस्था छ ।

साँघु साप्ताहिकमा खबर छ– अहिले फेरि त्यही पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा अर्को रडाको सुरु भएको खबर छ ।

राप्रपा स्रोतका अनुसार, कमल थापाले राप्रपाको नेतृत्व लिएपछि देखिन थालेका असन्तुष्टिहरु एकपछि अर्को बढ्दै जान थालेका छन् । विशेष गरेर पार्टी अध्यक्ष थापाको स्वेच्छाचारिता र राजतन्त्रबारेको धारणले पार्टीका नेताहरु पछिल्लो समय सशंकित बत्रन्दै गएका छन् ।

थापाले केही दिनअघि एक टेलिभिजन च्यानललाई राजतन्त्रको एजेन्डा पार्टीले छाडिसकेको भनेर दिएको अन्तर्वार्ताले त पार्टीमा तरंग नै पैदा भएको स्रोतले बताएको छ । राप्रपा स्रोतका अनुसार, एकतामा आएको केही समयपछि राप्रपा छाडेर प्रकाशचन्द्र लोहनी अर्कै बाटो लागेको घटना सेलाउन नपाउँदै थापाका गतिविधिले फेरि उस्तै घटना दोहोरिने हो कि भन्ने खतरा बढेको छ ।

पछिल्लो समय पार्टीका वरिष्ठ नेता पशुपति शमशेर राणा, लोकेन्द्रबहादुर चन्दले नै थापाबाट धोका बाहेक केही नपाएको निष्कर्ष निकाल्दै नयाँ कोर्ष थाल्ने मुडमा पुगेको बताइन्छ । यही निष्कर्षका साथ यी दुवै नेता प्रकाशचन्द्र लोहनी समूहसँग नजिकिन थालेका छन् । यसले राप्रपामा नयाँ तरंग आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?