आज पृथ्वीजयन्ती ,सरकारले विदा बिदा दिएता पनि फिर्ता लिन जनजाति महासंघको दबाब
सारांश
- काठमाडौं,२७, पुस आज पृथ्वीनारायण शाहको जन्मजयन्ती, लामो समय पछि सरकारले यस दिनलाई सार्वजनिक विदा दिएको छ ।
- तर नेपाल आदिवासी जनजाति महासंघले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले पृथ्वीनारायण शाहको जन्म जयन्तीको नाममा आज पुस २७ गते राष्ट्रिय एकता दिवसका रुपमा मनाउने र सार्वजनिक बिदा दिने भनी गरेको निर्णय प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
- महासंघका अध्यक्ष जगत बहादुर बरामले एक विज्ञप्ति जारी गरी बहुलता र विविधतायुक्त नेपाली समाजको यथार्थता बमोजिम परिवर्तनलाई संस्थागत गर्नु पर्नेमा आमजनताको चाहना र भावनालाई चोट पुग्ने गरी षडयन्त्रपूर्ण ढंगले एकल जाति/नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व झन् भन्दा झन् स्थापित गराउने गरी एकल जातिवादी र नश्लवादी राज्यको पक्षपोषणमा नेपाल सरकार र यसका संयन्त्रहरु पछिल्ला दिनहरुमा क्रमशः अघि बढिरहेको यस निर्णयले थप पुष्टि गरेको महासंघको ठहर रहेको जनाएका छन् ।
काठमाडौं,२७, पुस
आज पृथ्वीनारायण शाहको जन्मजयन्ती, लामो समय पछि सरकारले यस दिनलाई सार्वजनिक विदा दिएको छ ।
तर नेपाल आदिवासी जनजाति महासंघले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले पृथ्वीनारायण शाहको जन्म जयन्तीको नाममा आज पुस २७ गते राष्ट्रिय एकता दिवसका रुपमा मनाउने र सार्वजनिक बिदा दिने भनी गरेको निर्णय प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका अध्यक्ष जगत बहादुर बरामले एक विज्ञप्ति जारी गरी बहुलता र विविधतायुक्त नेपाली समाजको यथार्थता बमोजिम परिवर्तनलाई संस्थागत गर्नु पर्नेमा आमजनताको चाहना र भावनालाई चोट पुग्ने गरी षडयन्त्रपूर्ण ढंगले एकल जाति/नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व झन् भन्दा झन् स्थापित गराउने गरी एकल जातिवादी र नश्लवादी राज्यको पक्षपोषणमा नेपाल सरकार र यसका संयन्त्रहरु पछिल्ला दिनहरुमा क्रमशः अघि बढिरहेको यस निर्णयले थप पुष्टि गरेको महासंघको ठहर रहेको जनाएका छन् ।
आम आदिवासी जनजातिको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक हक अधिकार, मूल्य र मान्यतालाई बलात् गर्दै आन्तरिक औपनिवेशीकरणको शैलीमा राज्य विस्तार गर्ने व्यक्तिको जन्मदिनमा दिइएको सार्वजनिक विदा अविलम्ब फिर्ता लिन पनि महासंघले माग गरेको छ ।
प्रतिक्रिया