महामन्त्री ढकालबारे उपसभापति अर्यालः पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १७, २०८१
|
|
४० पटक हेरिएको
Shares
महामन्त्री ढकालबारे उपसभापति अर्यालः पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पार्टीको अनुशासनबाट बाहिर जानेलाई कारबाही हुने बताएका छन्।
  • सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी महामन्त्री डा.

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पार्टीको अनुशासनबाट बाहिर जानेलाई कारबाही हुने बताएका छन्।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी महामन्त्री डा. मुकुल ढकालबारे राखेको जिज्ञासामा यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले अहिले केही पनि नभएको र महामन्त्रीलाई दिएको जिम्मेवारी पार्टी सभापति रवि लामिछानेलाई बुझाएको भन्दै बुधवार बस्ने पार्टी केन्द्रीय कमिटी बैठकले सोबारेमा निर्णय लिने बताए। उनले बैठकमा महामन्त्री ढकालले बुझाएको प्रतिवेदनबारे छलफल हुने बताउँदै पार्टीको अनुशासनबाट बाहिर गएर काम गर्ने जो कसैलाई पनि कारबाही हुने बताए।

उनले भने, ‘केही भएको छैन, उहाँलाई एउटा जिम्मेवारी दिइएको थियो। त्यो जिम्मेवारी पूरा गरेर फर्किनुभएको होला। त्यसकारणले पार्टी सभापतिज्युलाई बुझाउनुभएको छ। हामी बैठक बस्दैछौँ । पर्सिको बैठकबाट के गर्नुपर्ने हो, त्यो गर्छौं। पार्टीको अनुशासनबाट कोही बाहिर जान्छ भने त्यो कारबाही हुनसक्छ, त्यो मलाई पनि, उहाँलाई पनि, सभापतिलाई पनि सबैलाई लागू हुने कुरा हो। हामीले प्रतिवेदन पढेका छैनौं। पार्टी सभापति र लेख्ने मान्छेलाई मात्रै थाहा छ । त्यो हेरिसकेपछि मात्रै, छलफल गरिसकेपछि आफ्नो धारणा बनाउँछौं।’

उनले आफूले प्रतिवेदन नपाएको प्रतिवेदन पाएर अध्ययन गरेपछि मात्रै आफ्नो धारणा बनाउने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड चितवनको सभामा सहभागी हुने, सम्बोधन अाेली र बादलले गर्ने
प्रचण्ड चितवनको सभामा सहभागी हुने, सम्बोधन अाेली र बादलले गर्ने
आज शनिबार, यस्तो छ तपाईंको राशिफल
आज शनिबार, यस्तो छ तपाईंको राशिफल
सर्वाेच्च अदालतद्वारा मिनबहादुर गुरुङ लगायतको रिटमा विपक्षीलाई झिकाउने आदेश
सर्वाेच्च अदालतद्वारा मिनबहादुर गुरुङ लगायतको रिटमा विपक्षीलाई झिकाउने आदेश
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो
बैतडीमा पुल नहुँदा स्थानीय समस्यामा !
बैतडीमा पुल नहुँदा स्थानीय समस्यामा !
निर्माण थालिएको १२ वर्ष बित्दासमेत पुरा भएन तमोरको पुल निर्माण
निर्माण थालिएको १२ वर्ष बित्दासमेत पुरा भएन तमोरको पुल निर्माण
सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट
सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट
भूकम्प पिडितले अझै पाएनन् तेस्राे किस्ता !
भूकम्प पिडितले अझै पाएनन् तेस्राे किस्ता !
प्रचण्ड-माधव पक्षीय भेलामा को को गए को को गएनन् ?
प्रचण्ड-माधव पक्षीय भेलामा को को गए को को गएनन् ?
जथाभावी फोहर फाल्नेहरुबाट ५ लाख रकम असुल !
जथाभावी फोहर फाल्नेहरुबाट ५ लाख रकम असुल !