रबिको बयान सकियो, धरौटीमा छुट्लान्?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १२, २०८१
|
|
२७ पटक हेरिएको
Shares
रबिको बयान सकियो, धरौटीमा छुट्लान्?

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा निलम्बित सांसद रबि लामिछानेसँगको बयान सकिएको छ।
  • पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत कास्कीले उनीसँग बयान लिएको हो।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा निलम्बित सांसद रबि लामिछानेसँगको बयान सकिएको छ। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत कास्कीले उनीसँग बयान लिएको हो।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको दुई दिन बयान दिएका हुन्।

सोमबार र मंगलबार अदालतमा लगिए पनि पालो नआएका कारण उनको बयान हुन सकेको थिएन। सोही बीचमा उनी संघीय संसद्को सांसद पदबाट निलम्बन भइसकेका छन्।

मंगलबार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिए पछि अर्का प्रतिवादी लिला पछाईसँग बयान लिन सुरु भएको थियो। जसका कारण यसअघि उनी अदालतमा गए पनि बयान दिन नपाएपछि यसै हिरासतमा फर्केका थिए।

कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ।

सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ। सोही अभियोगमा ५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ ।

रबि पक्राउ परेको ९२औं दिनमा सरकारले आइतबार अभियोगपत्र दर्ता गरेको हो। लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ। लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ।

गत शुक्रबार मात्रै यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहित १९ जनाविरुद्ध पूरक अभियोग पत्र दर्ता भएको थियो। १८ असोज, २०८० मा राई लगायतको समूहविरुद्ध मुद्दा दायर भएको थियो।

प्रहरीले ६५ जनालाई प्रतिवादी कायम गर्न राय दिएपनि सरकारी वकिलको कार्यालयले भने प्रतिवादीको संख्या घटाएर मुद्दा दायर गरेको छ। लामिछाने सहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा तथा जीवी राई र लीला पछाईंलाई राष्ट्रबैंक ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदाबी लिनुपर्ने राय दिएको थियो।

रवि लामिछाने र जीवी राई सहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। सूर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको दाबी छ। सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा स्थायी कमिटीमा अध्यक्षले पेश गरेको र राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकियो
नेकपा स्थायी कमिटीमा अध्यक्षले पेश गरेको र राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकियो
पहिरोको जोखिम अध्ययन शुरु
पहिरोको जोखिम अध्ययन शुरु
आफ्नो असफलता ढाकछोप गर्न प्रधानमन्त्रीको मुर्खतापूर्ण दुस्साहसः भिम रावल
आफ्नो असफलता ढाकछोप गर्न प्रधानमन्त्रीको मुर्खतापूर्ण दुस्साहसः भिम रावल
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि
साउदीमा मृत्युदण्डको फैसला सुनाइएका उमेशले खाना खाएका छैनन्…
जलविद्युत्मा लगानी गर्न बङ्गलादेश तयार
जलविद्युत्मा लगानी गर्न बङ्गलादेश तयार
जनताको विश्वास जितेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
जनताको विश्वास जितेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
नेवानिका कार्यकारी अध्यक्ष खरेलले जापानमा नेपालको बेइज्जत गरे
नेवानिका कार्यकारी अध्यक्ष खरेलले जापानमा नेपालको बेइज्जत गरे
अमेरिकि राष्ट्रपति ट्रम्प समस्यामा !
अमेरिकि राष्ट्रपति ट्रम्प समस्यामा !
हिजो खाईपाई आएकाहरु तर्सिएर म बिरुद्ध खनिएका हुन् -प्रधानमन्त्री आईटी बिज्ञ अस्गर अली
हिजो खाईपाई आएकाहरु तर्सिएर म बिरुद्ध खनिएका हुन् -प्रधानमन्त्री आईटी बिज्ञ अस्गर अली

तपाईंले छुटाउनुभयो कि?