भारत र पाकिस्तानका प्रधानमन्त्रीको १७ महिनापछि भेट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २६, २०७४
|
|
३० पटक हेरिएको
Shares
भारत र पाकिस्तानका प्रधानमन्त्रीको १७ महिनापछि भेट

सारांश

  • नयाँ दिल्ली, २६ जेठ ।
  • भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच गएको १७ महिनापछि पहिलो पटक कजाकिस्तानमा भेट भएको छ ।
  • गएको १७ महिनापछि पहिलो पटक उहाँहरुबीच भेटघाट भएको जनाइएको छ ।

नयाँ दिल्ली, २६ जेठ । भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच गएको १७ महिनापछि पहिलो पटक कजाकिस्तानमा भेट भएको छ । गएको १७ महिनापछि पहिलो पटक उहाँहरुबीच भेटघाट भएको जनाइएको छ ।

काश्मिर भूभागका कारण यी दुई देशका बीचमा राम्रो सम्बन्ध रहने गरेको छैन । तर गएको केही समययतादेखि काश्मिरमा उत्पन्न नयाँ विवादसँगै उहाँहरुबीच कजाकिस्तानमा भेट भएको समाचारमा जनाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफबीच बिहीबार साँझ कजाकिस्तानमा भेटभयो र उहाँहरुले हात मिलाउदै एक आपसमा अभिवादन गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।

उहाँहरु कजाकिस्तानमा जारी साङ्घाई कोअपरेशन फोरममा सहभागिताका लागि त्यहाँ रहनुभएको छ । बिहीबार साँझ उक्त संस्थाको उद्घाटनका क्रममा उहाँहरुबीच भेट भएको हो ।

उहाँहरुबीच यसअघि सन् २०१५ को डिसेम्बर महिनामा जलवायु परिवर्तनसम्बन्धमा फ्रान्सको राजधानी पेरिसमा भएको सम्मेलनका क्रममा भेटवार्ता भएको थियो ।

भारतीय विदेशमन्त्रालयका एकजना अधिकारीले उहाँहरुबीच वार्ता भने नभएको र उक्त सम्मेलनको उद्घाटनका क्रममा भेट र हात मिलाउने काममात्र भएको जनाएका छन् ।

सन् २०१६ को जनवरी महिनामा भारतीय भूभाग पठानकोटमा रहेको भारतीय सैनिक क्याम्पमा भएको भिषण आतङ्ककारी हमलापछि यी दुई देशबीचमा लामो विवाद उत्पन्न हुदै आएको छ ।

सो हमलामा पाकिस्तान संरक्षित आतङ्ककारीको हात रहेको आरोप भारतले लगाउँदै आएको छ । तर पाकिस्तानले भने यसको कडा रुपमा खण्डन गर्ने गरेको छ ।

भारत र पाकिस्तानबीच हुने गरेको शान्ति वार्ता पनि भारतीय पक्षका कारण स्थगित हुदै आएको छ । जसका कारण पछिल्ला केही वर्षयतादेखि यी दुई देशबीच औपचारिक वार्ताहरु पनि रोकिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुकुम्बासी समस्या समाधान गर्न कानुनी अड्चन फुकाउँदैछु : प्रधानमन्त्री दाहाल
सुकुम्बासी समस्या समाधान गर्न कानुनी अड्चन फुकाउँदैछु : प्रधानमन्त्री दाहाल
वडाध्यक्ष अर्कैकी श्रीमतीसँग भेटिएपछि….
वडाध्यक्ष अर्कैकी श्रीमतीसँग भेटिएपछि….
तस्बिरमा सीता दाहालको श्रद्धाञ्जली सभा
तस्बिरमा सीता दाहालको श्रद्धाञ्जली सभा
मञ्जु अन्सारीलाई सांसद बनाउने जसपाको निर्णय
मञ्जु अन्सारीलाई सांसद बनाउने जसपाको निर्णय
भारतीय सैनिकको ज्यान जानेगरी भएको घटनामा आफु जिम्मेवार नभएको चीनको दावी
भारतीय सैनिकको ज्यान जानेगरी भएको घटनामा आफु जिम्मेवार नभएको चीनको दावी
पाेखरा प्रिमियर लिगलाई अाइसीसीकाे मान्यता, अायाेजकले २० हजार डरल बुझाउनुपर्ने !
पाेखरा प्रिमियर लिगलाई अाइसीसीकाे मान्यता, अायाेजकले २० हजार डरल बुझाउनुपर्ने !
आगामी तीन महिना मूल्यवृद्धि हुने, मृल्यवुद्धि १४ प्रतिशतसम्म पुग्ने
आगामी तीन महिना मूल्यवृद्धि हुने, मृल्यवुद्धि १४ प्रतिशतसम्म पुग्ने
डोल्पा पठाउन तयार पारिएको औषधि दुई सातादेखि नेपालगन्जमा
डोल्पा पठाउन तयार पारिएको औषधि दुई सातादेखि नेपालगन्जमा
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
मन्त्रीको निधनमा काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त
मन्त्रीको निधनमा काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त

तपाईंले छुटाउनुभयो कि?