अद्भुत वैज्ञानिक खोज–यम ग्रहको सतहमुनि समुद्र भेटियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
अद्भुत वैज्ञानिक खोज–यम ग्रहको सतहमुनि समुद्र भेटियो

सारांश

  • ब्रम्हाण्डका बारेमा धेरै अध्ययन तथा अनुसन्धान भएका छन् ।
  • हरेक अध्ययनले नयाँ तथ्यको खोजी तथा विश्लेषण गरेको पाइन्छ पनि ।
  • अन्तरिक्षमा रहेका सबै तारा, ग्रह तथा उपग्रहहरुको अध्ययनबाट हरेक पटक नयाँ ब्रम्हाण्डीय सत्य भेटिएको पनि देखिन्छ ।

ब्रम्हाण्डका बारेमा धेरै अध्ययन तथा अनुसन्धान भएका छन् । हरेक अध्ययनले नयाँ तथ्यको खोजी तथा विश्लेषण गरेको पाइन्छ पनि । अन्तरिक्षमा रहेका सबै तारा, ग्रह तथा उपग्रहहरुको अध्ययनबाट हरेक पटक नयाँ ब्रम्हाण्डीय सत्य भेटिएको पनि देखिन्छ । कतै मार्स अर्थात मंगल ग्रहको सतहमा पानीको त कतै अन्य बिभिन्न ग्रहहरुमा जीवहरुको अस्तित्व भएको प्रशंगहरु आइरहेका हुन्छन् पनि । यसैक्रममा प्लुटो अर्थात यम बारेमा केहि नयाँ तथ्य फेला परेका छन् । वैज्ञानिकले यमको भू–सतहमुनि समुद्र रहेको बताएका छन् ।

अमेरिकी अन्तरिक्ष एजेन्सी ‘नासा’को अन्तरिक्ष यान ‘न्यु होराइजन’ले उपलब्ध गराएको तथ्यांकको विश्लेषणबाट यमको सतहमुनि समुद्र रहेको बताइएको हो । त्यहाँको पानी हिउँ जस्तो जमेको अवस्थामा रहेको ‘नेचर’मा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । यमको मुटुको रुपमा चिनिएको रातो देखिने सहतको भित्रपट्टी समुद्र रहेको वैज्ञानिकको भनाई छ । सतहमुनि रहेको पानी कतिपय स्थानमा पग्लिँदै गरेको हिउँ जस्तो रहेको पनि वैज्ञानिकले बताएका छन् ।

गएको वर्ष जुलाइमा यमको अध्ययनका लागि गएको न्यु होराइजन अन्तरिक्ष यानले अहिले पनि यमको अध्ययन गरिरहेको बताइएको छ । रातो देखिने यमको सतहको भित्री भागमा समुद्र रहेको देखिए पनि यस सम्बन्धमा थप अनुसन्धानको खाँचो रहेको वैज्ञानिकको भनाई रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?