प्रहरीमा आर्थिक अपराध हेर्ने छुट्टै ब्यूरो स्थापना हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २२, २०८०
|
|
२२ पटक हेरिएको
Shares
प्रहरीमा आर्थिक अपराध हेर्ने छुट्टै ब्यूरो स्थापना हुने

सारांश

  • गण्डकी ।
  • नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मुलुकमा बैंकिङ कसूर र वित्तीय अपराधनका घटनामा उल्लेख्य वृद्धि भएको जनाउँदै त्यस्ता घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीमा छुट्टै ब्यूरो स्थापना गर्न लागिएको बताएका छन् ।
  • गण्डकी प्रदेशको राजधानी पोखरामा आज आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले आर्थिक अपराधसँग सम्बन्धित कसुरको अनुसन्धान गर्न विशिष्टिकृत ब्यूरो स्थापनाका लागि गृहकार्य अगाडि बढाइएको जानकारी दिए ।

गण्डकी । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मुलुकमा बैंकिङ कसूर र वित्तीय अपराधनका घटनामा उल्लेख्य वृद्धि भएको जनाउँदै त्यस्ता घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीमा छुट्टै ब्यूरो स्थापना गर्न लागिएको बताएका छन् ।

गण्डकी प्रदेशको राजधानी पोखरामा आज आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले आर्थिक अपराधसँग सम्बन्धित कसुरको अनुसन्धान गर्न विशिष्टिकृत ब्यूरो स्थापनाका लागि गृहकार्य अगाडि बढाइएको जानकारी दिए ।

“पछिल्लो समय बैंकिङ कसूर र वित्तीय अपराधका घटना उल्लेख्य रुपमा बढेका छन् । गण्डकी प्रदेशमा मात्र गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा दुई सय प्रतिशतले त्यस्ता घटनामा वृद्धि आएको पाइएको छ”, महानिरीक्षक कुँवरले भने, “आर्थिक अपराधका घटनाले व्यक्ति वा कुनै संस्थालाई मात्र नभइ सिङ्गै राष्ट्रको अर्थतन्त्रलाई गम्भीर असर पु¥याउने भएकाले यस्ता घटनाको नियन्त्रणमा प्रहरी प्रधान कार्यालय संवेदनशील भएर लागिपरेको छ ।” उनले समाजमा आर्थिकसँगै साइबार अपराध, लागूऔषध दुव्र्यसनी, सामाजिक कसूरलगायत चुनौतीका रुपमा देखा परिरहेको उल्लेख गरेका छन् ।

लागुऔषध नियन्त्रणका लागि कार्ययोजना बनाएर जिल्ला तहमा लागू गर्न लागिएको महानिरीक्षक कुँवरले बताए । “प्रहरीकै अगुवाइ र व्यवस्थापनमा सुधार केन्द्र स्थापनाका लागि पहल भइरहेको छ । यसमा तीनै तहका सरकारको सहयोग रहनेमा हामी विश्वस्त छौँ”, उनले  भने ।

उनले वैदेशिक रोजगार, अध्ययन, भ्रमण आदि उद्देश्यले नेपालबाट अन्तरदेशीय आवातजावत बढेकाले ती क्षेत्रसँग सम्बन्धित अपराधको जोखिम बढेको धारणा राखेका छन् । महानिरीक्षक कुँवरले पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले पोखरामा पर्यटनमैत्री सेवालाई थप विस्तार गरिने जानकारी दिए ।

नेपाल प्रहरीको अपराध अनुसन्धान शाखा र गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित गोष्ठीमा प्रदेशअन्तर्गतका ११ वटै जिल्लाका प्रहरी प्रमुखलगायत प्रहरी अधिकृतको सहभागिता थियो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिपाडोलमा ३ लाख लिटरको पानी ट्यांकी बन्ने
सिपाडोलमा ३ लाख लिटरको पानी ट्यांकी बन्ने
नेपालका यी ७ अत्यन्तै दुर्लभ तस्विरहरु, जुन तपाइलाई थाहै थिएन होला (मन परे सेयर गरौँ)
नेपालका यी ७ अत्यन्तै दुर्लभ तस्विरहरु, जुन तपाइलाई थाहै थिएन होला (मन परे सेयर गरौँ)
नारायणी नदीमा दशैं अघि क्रुजको परीक्षण
नारायणी नदीमा दशैं अघि क्रुजको परीक्षण
शहीदपत्नी पनि मजदूरीमै, फेरिएनन् मजदूरका दिन
शहीदपत्नी पनि मजदूरीमै, फेरिएनन् मजदूरका दिन
प्रधानमन्त्री ओलीको चीन भ्रमण नजिकिएसँगै वामपन्थीहरुको चहलपहल बढ्दो
प्रधानमन्त्री ओलीको चीन भ्रमण नजिकिएसँगै वामपन्थीहरुको चहलपहल बढ्दो
शौचालयमा किशोरीसँग आपत्तिजनक अवस्थामा सेनाका मेजर पक्राउ
शौचालयमा किशोरीसँग आपत्तिजनक अवस्थामा सेनाका मेजर पक्राउ
पञ्चबर्षीय योजनामा अविकसित देशको ‘अ’ हटाउँछौं : प्रधानमन्त्री ओली
पञ्चबर्षीय योजनामा अविकसित देशको ‘अ’ हटाउँछौं : प्रधानमन्त्री ओली
स्थलगत अनुगमनका लागि माधवकुमार नेतृत्वको टोली हेलिकप्टरबाट नओर्ली आकाशबाटै फर्किएपछि..
स्थलगत अनुगमनका लागि माधवकुमार नेतृत्वको टोली हेलिकप्टरबाट नओर्ली आकाशबाटै फर्किएपछि..
1xBet kz ᐅ Букмекерская контора в Казахстане ᐅ Ставки на спорт 1хбет ᐅ Официальный сай
कन्टेनर दुर्घटना हुँदा ३ जनाको मृत्यु
कन्टेनर दुर्घटना हुँदा ३ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?