सुन्दर र तन्दुरुस्त हुन चाहनुहुन्छ ? खानुहाेस यी ५ फल

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १४, २०७५
|
|
२६ पटक हेरिएको
Shares
सुन्दर र तन्दुरुस्त हुन चाहनुहुन्छ ? खानुहाेस यी ५ फल

सारांश

  • तपाईको खानाले जीवनशैलीमा सकारात्मक वा नकरात्मक कस्तो असर गरिरहेको छ भन्ने कुरा तत्काल थाहा नहुन सक्छ ।
  • तर हाम्रो शारीरिकका साथै मानसिक अस्वस्थता वा स्वस्थता पनि खानाले नै निर्धारण गेरेको हुन्छ ।
  • खाने कुरामा फलफूल पनि निकै अावश्यक हाे ।

तपाईको खानाले जीवनशैलीमा सकारात्मक वा नकरात्मक कस्तो असर गरिरहेको छ भन्ने कुरा तत्काल थाहा नहुन सक्छ । तर हाम्रो शारीरिकका साथै मानसिक अस्वस्थता वा स्वस्थता पनि खानाले नै निर्धारण गेरेको हुन्छ । खाने कुरामा फलफूल पनि निकै अावश्यक हाे । विभिन्न प्रकारका फलफूलकाे अाअाफ्नै विशेषता हुन्छ ।

यहाँ केही यस्ता फलहरुको बारेमा बताइएको छ जसको सेवनले तपाइलार्ई तन्दुरुस्त तथा सुन्दर देखिन मदत गर्छ ।

१. अनार


अनारमा भिटामिन सी र एन्टिअक्सिडेन्ट पाइन्छ । यसले तपाईको छालालाई फ्रेस र उज्वल बनाउँछ ।

२. ब्लुबेरी


एकदमै स्वादिस्ट र प्रोटिनयुक्त हुनु सिवाय ब्लुबेरीमा क्यालोरी पनि एकदमै कम हुन्छ । यसले रक्तकोसमा समस्या हुन दिन्न र तन्दुरुस्त रहन मद्दत गर्छ ।

३. भुइँकटहर


यसले तपाईको शरीरमा मिनरल म्याग्ननिजको उत्पादन बढाउँछ । साथै भुइँकटहरले पाचन शक्ति पनि बढाउँछ ।

४. खरबुजा


खरबुजाले तपाईको शरीरका कोषहरुलाई स्वस्थ राख्न मद्दत गर्छ साथै शरीर सुन्नीने समस्या हटाउँछ । साथै यसले क्यानसरका कारणलाई कम गर्छ ।

५.एभोकाडो


एभोकाडोको सेवनले शरीरलाई आवश्यक प्रोटिन पु¥याउँछ । यसमा केरामा भन्दा धेरै पोटासियम हुन्छ । जसले मानिसको मुटुको ख्याल राखी बोसो कम गर्न मद्दत गर्छ । साथै एभोकाडोले मुहारमा चमक ल्याउँछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?