अध्ययनविनाको पानी जहाज : ओलीलाई विज्ञले दिए यस्तो चुनौति

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
२९ पटक हेरिएको
Shares
अध्ययनविनाको पानी जहाज : ओलीलाई विज्ञले दिए यस्तो चुनौति

सारांश

  • माघ २३, काठमाण्डौ ।
  • पानीजहाज र रेल नेपालीको सपना बनेको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बारम्बार पानीजहाज आउने रट लगाइरहनुभएको छ ।

माघ २३, काठमाण्डौ । पानीजहाज र रेल नेपालीको सपना बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बारम्बार पानीजहाज आउने रट लगाइरहनुभएको छ । सरकारले योसम्बन्धी कार्यालय स्थापना गरिसक्यो । कर्मचारीको दरबन्दी भइसक्यो तर विज्ञहरू भने नेपालमा पानीजहाज ल्याउन भौगोलिक र राजनीतिक समस्या देख्छन् ।

नेपालमा जल र रेल यातायातको विषयमा कुरा चल्न थालेको केही वर्ष भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई आफ्नो प्रतिष्ठाको विषय नै बनाएका छन् । प्रधानमन्त्री ओलीले गत पुस १६ गतेदेखि कोसी नदीमा पानीजहाज चल्ने भन्दै त्यसमा यात्रा गर्न निम्तो दिएका थिए । पुस १६ गते पानीजहाज चल्ने नभएपछि उनको आलोचना भएको थियो । त्यसललत्तै सरकारले पानीजहाजका लागि छुट्टै कम्पनी खोल्ने निर्णय गरिसकेको छ । त्यसका लागि १६ कर्मचारीको दरबन्दीसमेत स्वीकृत भइसकेको छ । भारतीय पक्षको विशेषज्ञ टोलीले नेपालतर्फ कोशी तथा नारायणी नदीमा जल यातायातको स्थलगत अध्ययन गरी दुवै पक्षबीच छलफल गर्ने सहमति भइसकेको भौतिक पूवाधार तथा यातायात मन्त्रालयका सहसचिव सापकोटाको दाबी छ ।

    यो पनि पढ्नुहोस्

तर जल यातायातका विषयमा अध्ययन गर्दै आएका विश्लेषक अरुण सुवेदी नेपालमा पानीजहाज मौसमी बोली भएको तर्क गर्छन् । भौगोलिक तथा राजनीतिक कारणले पनि नेपालका नदीमा पानीजहाजको सम्भावना नै नभएको उनको भनाइ छ । राष्ट्रवादको रट लगाए पनि भएका कुनै साधन स्रोतको उपयोग नगरी भारतमाथिको जल र्निभरता बढाउँदै लगिएको छ । कोशीमा पानीजहाज चलाउन उच्च बाँधनिर्माण गरी बर्खाको पानी जम्मा गर्नुपर्ने हुन्छ । जब पानीको आयात घट्छ तब नदीमा उच्च बाँध बनाएर पानीको स्क्यान गर्नुपर्ने हुन्छ तर राजनीतिक कारण कोशी नदीमा उच्च बाँध बनाउने अवस्था नै छैन ।

सरकारले नेपालमा पानीजहाज सम्भव भएको कार्यालयसमेत स्थापना गरिसकेको छ । तर विज्ञहरू भने यसको सम्भावना नरहेको बताउँछन् । आखिर के हो त पानीजहाजको प्रसंग ? सरकारले यो विषयमा सबै नेपालीलाई प्रष्ट पार्नुपर्छ । पानीजहाज र रेलजस्ता जनतालाई अल्मल्याउने विषय बन्नु हुँदैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्युजिल्याण्डको लगातार दोस्रो जित, बंगलादेशलाई हराउँदै तालिकाको शीर्ष स्थानमा
न्युजिल्याण्डको लगातार दोस्रो जित, बंगलादेशलाई हराउँदै तालिकाको शीर्ष स्थानमा
महिला यू-१९ विश्वकपको एशिया क्वालिफायरमा नेपालको विजयी शुरुवात
महिला यू-१९ विश्वकपको एशिया क्वालिफायरमा नेपालको विजयी शुरुवात
केपी ओलीलाई ‘भावी प्रधानमन्त्री’ भन्दै हेरिसन होटलमा रात्रिभोज !
केपी ओलीलाई ‘भावी प्रधानमन्त्री’ भन्दै हेरिसन होटलमा रात्रिभोज !
एयरलाइन्स मेन्टिनेन्सका कर्मचारी ३० तोला सुन सहित पक्राउ
एयरलाइन्स मेन्टिनेन्सका कर्मचारी ३० तोला सुन सहित पक्राउ
नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट
आत्मदाहा गरेका प्रेम आचार्यकी श्रीमतीद्वारा बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति
आत्मदाहा गरेका प्रेम आचार्यकी श्रीमतीद्वारा बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति
राष्ट्रिय हितका आधारमा एमसिसीबारे निर्णय : प्रवक्ता श्रेष्ठ
राष्ट्रिय हितका आधारमा एमसिसीबारे निर्णय : प्रवक्ता श्रेष्ठ
कराँचीमा दुई जना आतङ्ककारी मारिए, दुई जना पक्राउ
कराँचीमा दुई जना आतङ्ककारी मारिए, दुई जना पक्राउ
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर
मन्त्रीको निधनमा काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त
मन्त्रीको निधनमा काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त

तपाईंले छुटाउनुभयो कि?