केपी ओलीलाई ‘भावी प्रधानमन्त्री’ भन्दै हेरिसन होटलमा रात्रिभोज !

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १८, २०७४
|
|
२१ पटक हेरिएको
Shares
केपी ओलीलाई ‘भावी प्रधानमन्त्री’ भन्दै हेरिसन होटलमा रात्रिभोज !

सारांश

  • १८ कात्तिक, बिराटनगर ।
  • एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार राति बिराटनगरस्थित होटल हेरिसनमा बास बसे ।
  • यो होटलका मालिक एवं उद्योगपति मोतिलाल दुगड एमालेको समानुपातिक सूचीको ८९ औं नम्बरमा परेका उम्मदेवार हुन् ।

१८ कात्तिक, बिराटनगर । एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार राति बिराटनगरस्थित होटल हेरिसनमा बास बसे । यो होटलका मालिक एवं उद्योगपति मोतिलाल दुगड एमालेको समानुपातिक सूचीको ८९ औं नम्बरमा परेका उम्मदेवार हुन् ।

समानुपातिक सूची सार्वजनिक भएकै साँझ दुगडले ओलीलाई आफ्नो होटलमा भोज दिएका हुन् । दुगडले ओलीलाई बासमात्रै दिएनन्, शुक्रबार साँझ बिराटनगरमा प्रतिष्ठित व्यापारीहरुसँग भेटघाट समेत गराए ।

शुक्रबार साँझ सोही होटलमा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त आयोजनामा केपी ओलीसँग भेटघाट एवं छलफल कार्यक्रम आयोजना गरियो ।

एमालेका उम्मेदवार एवं केन्द्रीय सल्लाहकारसमेत रहेका दुगडको होटलमा आयोजित सो कार्यक्रममा उद्योगी, व्यापारीहरु दिनेश गोल्छा, अविनाश बोहोरा, पवन सारडा, किशोर प्रधानलगायतको सहभागिता थियो ।

कार्यक्रममा बिराटनगरका उद्योगी व्यापारीहरुले एमाले अध्यक्ष ओलीलाई ‘भावी प्रधानमन्त्री’ भनेर सम्वोधन गर्न समेत भ्याए । बिराटनगरका प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा मुलुकको राजनीतिक अवस्थाका साथै औद्योगिक विकासका बारेमा करिव डेढ घण्टा कुराकानी भएको थियो ।

कार्यक्रममा उद्योगी व्यवसायीले केपी ओलीलाई प्रधानमन्त्री बन्नका लागि शुभकामना दिए । ओलीसँगको भेटमा उद्योगी व्यवसायीहरुले बिराटनगरको औद्योगिक विकासका लागि आवश्यक पूर्वाधार निर्माणलाई गति प्रदान गर्नका लागि पहल गरिदिन आग्रह गरे ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बिराटनगरको औद्योगिक विकासका लागि आवश्यक पूर्वाधार निर्माणसम्बन्धी कार्यपत्रसमेत प्रस्तुत गरेका थिए ।

भ्रष्टाचारीलाई चीनमा जस्तै ठेगान लगाइने

पूर्वाञ्चलका धनाढ्य उद्योगपछिसँगको भेटघाटमा एमाले अध्यक्ष केपी ओली भ्रष्टाचारको विरोधमा खरोरुपमा प्रस्तुत भए । चीनमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिइने गरेको स्मरण गर्दै ओलीले अब बन्ने सरकारले भ्रष्टाचार अन्त्य गर्ने र त्यसपछि देशमा विकासले गति लिने बताए ।

ओलीले व्यवसायीहरुसँग भने– ‘तपाईहरु सप्पैलाई थाहा छ, को को भ्रष्ट छन्, को आफैं खान्छन्, को श्रीमतीमार्फत खान्छन् र को सालोमार्फत खान्छन् ।’

ओलीले थपे– ‘तपाईहरुलाई थाहा छैन ? तपाईहरुलाई थाहा छ । तर, केही पनि हुँदैन, त्यसकारण्का तपाईहरु पनि भन्नुहुन्न ।’

भावी सरकारले भ्रष्टाचारको अन्त्य गर्ने आश्वासन दिँदै ओलीले व्यवसायीहरुसँग भने– ‘अब निर्वाचनपछि आउने सरकारले यो अवस्था राख्दैन । हामीले देश बनाउनुछ, त्यसकारण भ्रष्टाचार नियन्त्रणमा दृढ भएर लाग्छौं ।’

व्यापारीलाई प्रश्नः एमालेले अधिनायकवाद ल्याउँछ ?

वामपन्थीको नेतृत्वमा सरकार बन्यो भने अधिनायकवाद आउँछ भन्ने कांग्रेस नेताहरुको आरोपलाई ओलीले खिल्ली उडाए ।

ओलीले उद्योगपतिहरुलाई सोधे– ‘एमालेको नेतृत्वमा सरकार बन्यो भने अधिनायकवाद आउँछ भन्ने तपाईहरु कसैलाई शंका छ ? विश्वास छ ? अधिनायकवाद आउला कि भन्ने कतै कसैलाई शंका छ ?’

एमाले अध्यक्ष ओलीले भने– मलाई लाग्छ, कसैलाई पनि शंका छैन । एमालेले त लोकतन्त्रका लागि कुरामात्रै गरेको छैन, वलिदानपूर्ण संघर्ष गरेको छ ।’

बागी कार्यकर्तासँग भेटघाट

दुगडको होटलमा बास बसेका ओलीले शुक्रबार साँझ केही बागी उम्मदेवारहरुसँग भेटघाटसमेत गरे ।

कार्यक्रममा एमालेले टिकट वितरणमा असन्तुष्टि राख्दै उम्मेदवारविरुद्ध वागी दिएका डीपी राई भेषनाथ रिजाल, उदयपुरबाट कुशलबाबु बस्नेतलगायत आएका थिए । उनीहरुलाई अध्यक्ष ओलीले छुट्टै भेटेको स्रोतले बतायो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

के पारस क्यानको निलम्बन फुकुवाले खुसी छैनन्? खेल्छु भन्ने नखेल्ने किन गर्छन्?
के पारस क्यानको निलम्बन फुकुवाले खुसी छैनन्? खेल्छु भन्ने नखेल्ने किन गर्छन्?
गायिका जेरुसा राई बेपत्ता, खोजतलास गर्न परिवारको आग्रह
गायिका जेरुसा राई बेपत्ता, खोजतलास गर्न परिवारको आग्रह
एमाले ब्युँतिए ओली नै प्रधानमन्त्री
एमाले ब्युँतिए ओली नै प्रधानमन्त्री
युलिफोनको मिक्स ८ नेपाली बजारमा ! भिडियो सहित हेर्नुहोस फिचर एन्ड मुल्य कती पर्दछ ?
युलिफोनको मिक्स ८ नेपाली बजारमा ! भिडियो सहित हेर्नुहोस फिचर एन्ड मुल्य कती पर्दछ ?
निकितालाई बोर्ड अध्यक्षबाट बर्खास्त गर्न मन्त्री बाँस्कोटाको निर्देशन
निकितालाई बोर्ड अध्यक्षबाट बर्खास्त गर्न मन्त्री बाँस्कोटाको निर्देशन
भूतपूर्व सैनिक सम्मेलन फागुन र चैतमा हुँदै
भूतपूर्व सैनिक सम्मेलन फागुन र चैतमा हुँदै
म्यानचेस्टर युनाइटेड ४-१ को जीतसँगै प्रि क्वाटरफाइनलमा
म्यानचेस्टर युनाइटेड ४-१ को जीतसँगै प्रि क्वाटरफाइनलमा
रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग
रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग
राज्यमन्त्री अभिराम शर्मा आत्मसर्मपण गर्ने तयारीमा
राज्यमन्त्री अभिराम शर्मा आत्मसर्मपण गर्ने तयारीमा
सुनको जलहरीको नापतौल र गुणस्तर परीक्षण गर्न अख्तियारको टोली पशुपतिनाथ मन्दिरमा
सुनको जलहरीको नापतौल र गुणस्तर परीक्षण गर्न अख्तियारको टोली पशुपतिनाथ मन्दिरमा

तपाईंले छुटाउनुभयो कि?