लकडाउनमा रबि लामिछाने सहित कलाकारको भोज, बन्यो सामाजिक सञ्चालमा निन्दाको विषय

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ३१, २०७७
|
|
३२ पटक हेरिएको
Shares
लकडाउनमा रबि लामिछाने सहित कलाकारको भोज, बन्यो सामाजिक सञ्चालमा निन्दाको विषय

सारांश

  • लकडाउनमा बजार निस्केको भन्दै पत्रकार रबि लामिछानेको टेलिभिजन कार्यक्रममा रबिले भनेको टिकटक लगायतका सामाजिक संजालहरुमा चर्चित सन्देश त तपाईँलाई थाहै होला ।
  • जुन भनाई यस्तो थियो, ‘घरमै भएको एक थोक तरकारीमा ऐना हेर्न मिल्ने गरि तङ्ग्रंग झोला हालेर खाउँ तर बाहिर नजाउँ, बाँच्नु भएछ भने खसीको मासुको पक्कु, लोकल कुखुराको रातो झोल, सात पत्रे बँदेल टिमुरको छोप संग चोपेर, माछा फ्राई गरेर, गोलभेडाको अचार, बासमती चामल अकबरे खुर्सानी टोक्दै सात थाल थपि थपि खानुहोला’ ।
  • उनको यो भनाई दरिलो र चोटिलो छ ।

लकडाउनमा बजार निस्केको भन्दै पत्रकार रबि लामिछानेको टेलिभिजन कार्यक्रममा रबिले भनेको टिकटक लगायतका सामाजिक संजालहरुमा चर्चित सन्देश त तपाईँलाई थाहै होला । जुन भनाई यस्तो थियो, ‘घरमै भएको एक थोक तरकारीमा ऐना हेर्न मिल्ने गरि तङ्ग्रंग झोला हालेर खाउँ तर बाहिर नजाउँ, बाँच्नु भएछ भने खसीको मासुको पक्कु, लोकल कुखुराको रातो झोल, सात पत्रे बँदेल टिमुरको छोप संग चोपेर, माछा फ्राई गरेर, गोलभेडाको अचार, बासमती चामल अकबरे खुर्सानी टोक्दै सात थाल थपि थपि खानुहोला’ । उनको यो भनाई दरिलो र चोटिलो छ । तर, अरुलाई अर्ती दिने तर आँफैले सोहि अर्ती नमान्दा रबि अहिले हाँसोको पात्र बनेका छन् । हाँसोको पात्र रबि मात्र बनेका छैनन्, नेपाली चलचित्रका चर्चित कलाकारहरु तथा एकजना चलचित्र पत्रकार पनि बनेका छन् ।

मंगलबार राजधानीमा समेत तीनजनामा कोरोना संक्रमण पाईएपछि काठमाडौंबासी सबै त्रशित छन् । केहि दिन अगाडी बढेको चहलपहलका कारण पनि धेरैजना त्रशित छन् । सरकारले ५२ दिनदेखी देश नै लकडाउन गरेको छ । यहि बीचमा एउता आश्चर्यजनक भिडियो सार्वजनिक भएको छ जसमा रबि लामिछाने सहित उनकी पत्नी चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा टिभी फिल्मीकी अध्यक्ष निकिता पौडेल, अभिनेता दीपक राज गिरी, अभिनेत्री तथा निर्देशक दीपा श्री निरौला, नायिका पुजा शर्मा, अभिनेता किरण केसी, अभिनेता अनुराग कुवँर, पत्रकार उत्सव रसाईली लगायतले कुनै घरमा भेला भएर मस्ती गरिरहेको देख्न सकिन्छ । भिडियोमा बिभिन्न परिकारहरु बनाई खाँदै गरेको र सबै एकै ठाउँ रहेर भोजन गरिरहेको देख्न सकिन्छ ।

अहिलेको समयमा अत्यावश्यक कामको लागी बाहेक घरबाट बाहिर ननिस्कनु भन्ने सरकारको आदेशको त खिल्ली उडेको छ नै बिशेस कामको लागी लिइएको पास प्रयोग गरी यसरी भेला हुनु र त्यसलाई सामाजिक संजालमा राख्नुले समेत कलाकारहरु तथा पत्रकारहरु आफैले उठाईरहेको लकडाउन कार्यान्वयनको आह्वान पनि मजाक बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?