प्रधानमन्त्री पत्नी ‘राधिका’ हैन ‘साधिका’
सारांश
- – प्रतिक्षा पोखरेल अमिता कपालीले प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यलाई तपाईं ‘राधिका हैन साधिका’ भनेको कुरा अन्नपुर्ण पोस्ट दैनिकमा पढेंं।
- ओली पटकपटक सत्ता र शक्तिमा हुँदा पनि राधिका कतै विवादमा परेको देखिएन ।
- धेरैजसो नेताहरु पत्नीको कारण विवादित भएको पाइन्छ ।
– प्रतिक्षा पोखरेल
अमिता कपालीले प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यलाई तपाईं ‘राधिका हैन साधिका’ भनेको कुरा अन्नपुर्ण पोस्ट दैनिकमा पढेंं। ओली पटकपटक सत्ता र शक्तिमा हुँदा पनि राधिका कतै विवादमा परेको देखिएन । धेरैजसो नेताहरु पत्नीको कारण विवादित भएको पाइन्छ । तर, ओली पत्नी राधिकालाई शक्तिको अभ्याससँग मतलव देखिँदैन । उनको ध्यान ओलीको भोक, तिर्खा औषधिको समय र अन्य व्यवस्थापनमा केन्द्रित रहेको देखिन्छ।
उनी आफू एमए पास गरी राष्ट्र बैंकको रिटायर्ड कर्मचारी हुन। पत्रकारको एक प्रश्नमा उनले ुकेही कमाउनु पनि छैन, कसैलाइ केही दिलाउनु पनि छैन, देशलाइ नयाँ उचाईमा पुर्याउन सके बाँकी केही चाहिदैनु भनेकी थिइन ।
कतिपय छोटेमोटे नेता समेतका पति-पत्नी सांंसद बनेको देखिरहदा उनीलाइ सांसद राजनीतिक लाभका पदमा कहिले पनि देखिएन। यद्यपी उनको आफू बौद्धिक र पार्टी संगठनमा काम गरेको पृष्ठभूभि छँदैछ । विपी कोइराला पत्नी सुशीलामा पनि राजनीतिक महत्वाकांक्षा कहिल्यै देखिएको थिएन। यी साधिकाहरुको महानताप्रति अभिवादन गरिनुपर्दछ।
क्वा ग्योक चु पनि लि क्वान यु निम्ति साधिका नै थिइन। आधुनिक सिगापुरका निर्माता लि क्वान यु को ३१ बर्षे प्रधानमन्त्रीकालभरि उनकी पत्नी क्वा ग्योक चु सधै लो प्रोफाइलमा बसिन्। लि को राजनीतिमा सहयोगी र बच्चाको पालनतालनमा उनले आफुलाइ केन्द्रित गरिन्।
जबकी लि र चु दुबै एउटै क्लासमा सिङापुरको राफल्स इन्स्टिच्युटबाट उत्तीर्ण भै बेलायतको क्याम्ब्रिजबाट कानुनमा डिग्री लिएर सन १९९६ मा स्वदेश फर्के। पढाइमा सधै चु टप गर्थिन् । दुवैले ल फर्म खोलेर वकालत गरे। तर जब १९६६ मा पिपुल एक्सन पार्टी खोलेर ली राजनीतिमा उत्रिए चु ले कुनै महत्वाकांक्षा नराखी सहयोगी भूमिकामा आफूलार्इ सीमित राखिन्।
यद्यपी लि को अधिकाश भाषण करेक्सन गर्ने काम चु ले गरिन। जसरी जेनीले मार्क्सको योगदानमा अहम् भुमिका खेलिन्। आफू लो प्रोफाइलमा रहेर पनि महान कार्यमा अहम् भुमिका खेल्ने महिलाहरु सम्मानयोग्य छन्।
प्रतिक्रिया