अनिल शर्मालाई यसकारण युवाहरुको समर्थन !

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २५, २०७४
|
|
२० पटक हेरिएको
Shares
अनिल शर्मालाई यसकारण  युवाहरुको समर्थन !

सारांश

  • सुजन पन्त काठमाडौं ।
  • समग्रमा हेर्ने हो भने काठमाडौं क्षेत्र नम्बर १ मा १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरुको संख्या ६० प्रतिशत छ ।
  • यस्तो अवस्थामा बामगठबन्धनका उम्मेदवार अनिल शर्मालाई पछिल्लो समय युवाहरुको साथ, सहयोग र समर्थन अकल्पनीय रुपमा बढ्दो छ ।
  • सुजन पन्त

काठमाडौं । समग्रमा हेर्ने हो भने काठमाडौं क्षेत्र नम्बर १ मा १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरुको संख्या ६० प्रतिशत छ । यस्तो अवस्थामा बामगठबन्धनका उम्मेदवार अनिल शर्मालाई पछिल्लो समय युवाहरुको साथ, सहयोग र समर्थन अकल्पनीय रुपमा बढ्दो छ ।

उमेरले ३५ वर्ष पनि नकाटेका युवा नेता शर्माले काठमाडौं १ बाट टिकट पाउँदा समग्र युवाहरुको आन्दोलन, युवाहरुको दृष्टीकोण, आकर्षण र उत्साहलाई एकदम सोचनीय रुपमा हेरिएको छ ।

अहिले सामाजिक सञ्जालमा निकै नै युवालाई नेतृत्व दिनुपर्छ भन्ने माग भइराखेको बेला अनिल शर्माको यो उम्मेदवारीलाई देशव्यापी रुपमा समर्थन प्राप्त भइरहेको छ । केही दिनअघि मात्र अनलाइनखबरको अन्तर्वार्तामा शर्माले अप्रत्यक्ष रुपमा अब पनि युवालाई नेतृत्वमा अघि नल्याउने र विश्वास नगर्ने हो भने– यो देशले कहिल्यै पनि आफ्नो मुहार परिवर्तन गर्न नसक्ने दावी गरेका थिए ।

र, उक्त अन्तर्वार्तामै उमेरले अंकल भए पनि सम्बन्धले दाई भनिरहेका शर्माका प्रतीस्पर्धीहरु प्रकाशमान सिंह र रविन्द्र मिश्रलाई आफ्नो सल्लाहकार टिममा राखी आफू अघि बढ्न तयार रहेको शर्माका भनाई यतिबेला सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ ।

‘अस्ट्रियामा ३१ वर्षका युवक सेवस्टियन कुर्ज राष्ट्रपति बनेका छन्, त्यस्तै फ्रान्समा ३९ वर्षका युवक इमानुयल म्याक्रोन राष्ट्रपति बनेका छन्, हाम्रो नेपालमा उमेरले मात्रै नभएर सोचले, कार्यक्षमताले, अवसरले र इच्छाशक्तिले बुढा भएका यी अकंलहरुलाई कति पटक नेतृत्व दिइरहने ?’ शर्माले आक्रोश व्यक्त गरे ।

शर्माले मतदाताहरुसँग अनुरोध गर्दै भने, ‘देशमा युवा नेतृत्व भएन भन्ने, अनि उनले (आफ्नो उम्मेदवारलाई इंगित गर्दै) यसरी आएको अवसरलाई तपाईंहरुले सदुपयोग नगर्ने हो भने, त्यो गुनासोको कुनै अर्थ रह्यो र ? त्यसैले पनि मेरो उम्मेदवारीलाई यो देशको र विशेष गरी यो काठमाडौं क्षेत्र नम्बर १ को काँचुली फेर्ने युवा पुस्ताको उम्मेदवारीको रुपमा चित्रित गर्न जरुरी छ ।’

वास्तवमै शर्माले भनेजस्तै एकपटक उपप्रधानमन्त्री पटक–पटक मन्त्री भइसकेका प्रकाशमान सिंह ६२ वर्ष पुगिसकेका छन् भने ७ महिना अघि मात्रै बिबिसि नेपाली प्रमुखबाट राजीनामा दिएर राजनीतिमा होमिएका रविन्द्र मिश्र पनि उमेरले ५२ पुगिसकेका छन् ।

गणेशमान सिंहका छोरा भनेर नै आफ्नो राजनीति टिकाइरहेका प्रकाशमानलाई उनी को हुन् भनेर गणेशमानको लौरो भनेर चिनिने नेपाली कांग्रेस विपीका केन्द्रीय सभापति हरिबोल भट्टराईले केही समयअघि मात्रै एक अन्तर्वार्तामा भनेको भनाईले चित्रित गर्दछ ।

भट्टराईले भनेका छन्, ‘प्रकाशमान सिंह न विचारमा सक्षम छन्, न कार्यशैलीमा । उनी सक्षम छन् त केवल बुबाको नाम बेच्न र आफूलाई पुग्दो भइकन पनि अपारदर्शी सम्पति कमाउन ।’ प्रकाशमान को हुन् भनेर अझ बढि जान्न मन लागे– काठमाडौं क्षेत्र नम्बर १ को विकास र त्यहाँको जनताको उनीप्रतिको असन्तुष्टिले पुष्टि गर्दछ ।

अर्का अकंल पात्र हुन्– रविन्द्र मिश्र । जो बारम्बार आफ्नो पार्टी युवाको पार्टी भएको जिकिर गर्दै आइरहेका छन् । मिश्रको पार्टीमा पनि भागबन्डा नमिलेर नै होला– अहिले उक्त पार्टीमा २ जना संयोजक छन् । जुन विश्व राजनीतिमा विरलै देख्न पाइन्छ ।

साँच्ची नै मिश्र युवालाई अघि बढाउन चाहन्थे भने– किन पार्टीको संयोजक उज्जवल थापालाई दिन सकेनन् ? यो अहिले आम जिज्ञासाको विषय बन्न पुगेको छ राजनीतिक रुपमा सचेत युवाहरुको लागि । ‘पार्टीको संयोजक युवालाई दिन नसक्ने रविन्द्र मिश्र कसरी युवाको पक्षमा हुनसक्छन् ?’ बानेश्वरका एक युवाले भने ।

‘उनको विज्ञता राजनीति होइन् । उनलाई राजनीतिमा पोख्त हुन अझै कम्तिमा १० वर्ष लाग्छ,’ उनले आक्रोशका साथ रविन्द्रप्रति लक्षित गर्दै प्रश्न गरे, ‘के नेपाल परिक्षणको लागि प्रयोगशाला हो ? जो आएर नयाँ–नयाँ प्रयोग गरे पनि हुने ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?