झलनाथ र प्रचण्डको विदेश भ्रमण माधब नेपाललाई फलिफाप

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ५, २०७५
|
|
५१ पटक हेरिएको
Shares
झलनाथ र प्रचण्डको विदेश भ्रमण माधब नेपाललाई फलिफाप

सारांश

  • काठमाडौ, ५ असार ।
  • प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङ प्रस्थान गरेलगत्तै नेकपाका केन्द्रीय सदस्य बिष्णु रिजालले पार्टीका तीन नेताको तस्वीर राख्दै फेसबुकमा लेखेः तीन कार्यबाहकः संसदीय दल, पार्टी र सरकार।
  • रिजालले भनेजस्तै, ६ दिने चीन भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बेइजिङ प्रस्थान गरेपछि नेकपाका तीन नेताहरुले तीन महत्वपूर्ण निकायको कार्यबाहक बन्ने अवसर पाए।

काठमाडौ, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङ प्रस्थान गरेलगत्तै नेकपाका केन्द्रीय सदस्य बिष्णु रिजालले पार्टीका तीन नेताको तस्वीर राख्दै फेसबुकमा लेखेः तीन कार्यबाहकः संसदीय दल, पार्टी र सरकार।

रिजालले भनेजस्तै, ६ दिने चीन भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बेइजिङ प्रस्थान गरेपछि नेकपाका तीन नेताहरुले तीन महत्वपूर्ण निकायको कार्यबाहक बन्ने अवसर पाए।

ओलीको यो भ्रमण नेकपा केन्द्रीय सचिवालय सदस्य माधब नेपालका लागि भाग्यशाली चिठ्ठा जस्तै भएको छ। किनभने, उनले पार्टीको कार्यबाहक प्रमुखको जिम्मेवारी पाए।

सहअध्यक्षीय प्रणालीमा रहेको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि नेपालमा नरहेपछि नेपालले यो जिम्मेवारी पाएका हुन्।

अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि आइतबार (३ असार) सिङ्गापुर गएका छन्। उनी सम्भवत ८ असारमा फर्कनेछन्।

त्यसैले, त्यस अवधिभरसम्मका लागि नेपालले नै पार्टीको कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्। तर, प्रचण्डको सिङ्गापुर बसाईं लम्बिने सम्भावनापनि उत्तिकै छ।

यदि प्रचण्डको सिङ्गापुर बसाईं लम्बियो भने नेपाल  ओली नफर्कुन्जेलसम्मका लागि नेकपाको कार्यबाहक प्रमुख बन्ने अबसर पाउनेछन्।

प्रचण्डको सिङ्गापुर यात्राका कारण पार्टीको कार्यबाहक प्रमुख बन्ने जुन अबसर नेपालले प्राप्त गरेका छन्, खासमा यो अबसर अर्का बरिष्ठ नेता झलनाथ खनालको चीन यात्राका कारण नेपाललाई प्राप्त भएको हो।

३ जेठमा एमाले–माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्दा खनाल चीन भ्रमणमा थिए। चीन भ्रमणमा भएका बेला पार्टी एकता भइदिँदा पार्टीभित्र उनको बरियता गुम्यो।

त्यसअघि एमालेमा अध्यक्ष केपी शर्मा ओली पछिको बरियतामा बरिष्ठ नेता खनाल थिए। निवर्तमान अध्यक्षको हैसियतमा बरियतामा उनी अगाडि थिए।

नेपालको बरियता खनालपछि मात्र थियो। तर, पार्टी एकताका नेपालको सक्रियताका कारण खनालको अनुपस्थितिमा नेपाललाई नेकपाको बरियतामा अगाडि पारियो।

त्यसैले, नेकपाको बरियतामा ओलीपछि अर्का अध्यक्ष प्रचण्ड रहे भने प्रचण्डपछि नेपाल। खनाललाई नेपालपछिको बरियतामा राखियो।

बरियता निर्धारणप्रति खनाल सन्तुष्ट छैनन्। आफू चीन भ्रमणमा रहेको मौका छोपेर आफूमाथि अन्याय गरिएको बताउँदै उनले नेताहरुप्रति असन्तुष्टि पोखिरहेका छन्।

उतिबेलाको चीन भ्रमणका कारण खनालले बरियतामात्र गुमाएनन्, प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पार्टीको कार्यबाहक प्रमुख बन्ने अवसरपनि गुमाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तर कोरियाले दियो जापान ‘डुबाइदिने’ र अमेरिका ‘खरानी’ बनाइदिने धम्की
उत्तर कोरियाले दियो जापान ‘डुबाइदिने’ र अमेरिका ‘खरानी’ बनाइदिने धम्की
तातोपानी नाका जेठबाट सञ्चालनमा
तातोपानी नाका जेठबाट सञ्चालनमा
प्रधानमन्त्रीलाई थप दुई मन्त्रालयको कार्यभार
Priyanka Chopra and Nick Jonas walk hand-in hand as they heads back to US, see pics
Priyanka Chopra and Nick Jonas walk hand-in hand as they heads back to US, see pics
पानी खान खनेको कुवामा आगो लागेपछि गाउँले चकित
पानी खान खनेको कुवामा आगो लागेपछि गाउँले चकित
‘बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यास’ मा सहभागी नहुन सेनालाई प्रम ओलीको निर्देशन
विष्णु पौडेलले शक्तिको दुरुपयोग गरेर बालुवाटारको जग्गा किनेको होइनः प्रधानमन्त्री
विष्णु पौडेलले शक्तिको दुरुपयोग गरेर बालुवाटारको जग्गा किनेको होइनः प्रधानमन्त्री
४५ लागे हास्यकलाकार जितु नेपाल, जन्मदिनको शुभकामना दिदै थाहा पाउनुस् उनको खास कुराहरु
४५ लागे हास्यकलाकार जितु नेपाल, जन्मदिनको शुभकामना दिदै थाहा पाउनुस् उनको खास कुराहरु
‘तराई डुवानमा पर्नुमा भारतको कुनै दोष छैन’
‘तराई डुवानमा पर्नुमा भारतको कुनै दोष छैन’
कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १० लाख नजिक पुगेको डब्लूएचओको चेतावनी
कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १० लाख नजिक पुगेको डब्लूएचओको चेतावनी