अनुदानको रकम नपाएको भन्दै किसानहरु प्रशासनमा धर्ना

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
अनुदानको रकम नपाएको भन्दै किसानहरु प्रशासनमा धर्ना

सारांश

  • सरकारले दिने अनुदान नपाए पछि कपिलवस्तुका उखु किसानहरु आन्दोलित भएका छन ।
  • आ व ०७१।
  • ७२ मा सरकारले प्रति क्वीन्टल २५ रुपैयाको दरले दिने भनेपनी अहिलेसम्म नपाउदा किसानहरु आन्दोलित भएका हुन ।

सरकारले दिने अनुदान नपाए पछि कपिलवस्तुका उखु किसानहरु आन्दोलित भएका छन । आ व ०७१।७२ मा सरकारले प्रति क्वीन्टल २५ रुपैयाको दरले दिने भनेपनी अहिलेसम्म नपाउदा किसानहरु आन्दोलित भएका हुन ।
अनुदान पाउने रकम हाल सम्म पनि नपाएको भन्दै किसानह?ले इलाका प्रशासन कार्यालय चन्द्रौटामा आइतबार १ घण्टा नारा सहित धर्ना दिएका छन ।कपिलवस्तुमा ७ हजार उखु कृषकले सो अनुदान पाउन सकेका छैनन । अन्य जिल्लाका किसानहरुले अनुदानको रकम पाएपनि कपिलवस्तु किसानले नपाएको उखु कृषक ओम प्रकाश चौधरी बताए ।
कपिलवस्तुमा मात्रै करिव ढाई करोड रकम किसानहरुले पाउनुपर्ने रहेको भएपनि सम्पुर्ण प्रकृयाह? पुरा गरेको भए पनि रकम पाउन नसकेको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले वताए ।पटक पटक सरकारको ध्यानकर्षण गरेपनि अनुदान नपाएको चौधरीको गुनासो रहेको छ । सुगर मिलले कागजपत्रमा ढिलाई गर्दा लगाएतका कारण देखाउदै सो रकम नदिएको चौधरीले वताए । कपिलवस्तु किसान संघलसाउन २० गते आइतवार इलाका प्रशासन कार्यलय मार्फत सम्वन्धित मन्त्रालयलाई ज्ञापनपत्र समेत वुझाएको चौधरीले बताए ।ज्ञापन पश्चात कुनै सुनुवाई नभएको भन्दै थप आन्दोलन गर्ने उखु किसान संघले जनाएको छ ।
जिल्लाका उँखु किसानहरुको आन्दोलनमा नेपाली काग्रँेसको पनि ऐक्यवद्धता रहेको नेपाली काग्रेसका युवा नेता अजय थापाले बताए । किसानहरुले पाउनु पर्ने रकम दिन सरकारले ढिला सुस्ती गरेको प्रति इगिंत गर्दै थापाले किसानले पाउनु पर्ने आफ्नो रकम पाउनका लागी पनि आन्दोलन गर्नु परेको सरकारका लागी लज्जास्पद कुरा भएको बताएका छन ।
जिल्लाका किसानहरुले सरकारले किसानले पाउनु पर्ने रकम नदिएको भन्दै साउन ३० गते देखी अनिश्चित कालको लागी कपिलवस्तु उखु किसान संघका अध्यक्ष अनुपकुमार चौधरी सहितको टोली अनशन बस्ने कार्यक्रम समेत रहेको जनाएका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?