२४ लाखसहित दुई भारतीय पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
४२ पटक हेरिएको
Shares
२४ लाखसहित दुई भारतीय पक्राउ

सारांश

  • विराटनगर ।
  • सीमावर्ती भारतीय बजार जोगवनीबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले रु २४ लाख नेपालीसहित दुई भारतीय नागरिकलाई आज पक्राउ गरेको छ ।
  • पक्राउपर्नेमा भारत अररिया जिल्ला फारविसगञ्ज–९ का २८ वर्षीय सनोजकुमार साह र ५० वर्षीया सुशीलादेवी गुप्ता साह छन् ।

विराटनगर । सीमावर्ती भारतीय बजार जोगवनीबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले रु २४ लाख नेपालीसहित दुई भारतीय नागरिकलाई आज पक्राउ गरेको छ ।

पक्राउपर्नेमा भारत अररिया जिल्ला फारविसगञ्ज–९ का २८ वर्षीय सनोजकुमार साह र ५० वर्षीया सुशीलादेवी गुप्ता साह छन् । जाँचका क्रममा बिआर३८एच ६१४२ नंको भारतीय सुजुकी कारमा रकमसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताउनुभयो । हुण्डिमार्फत नेपालबाट भारत पठाइएको रकम भुक्तानी गर्न ल्याइएको आशङ्का गरिएको छ ।

उनीहरुको साथबाट २४ लाख १५ हजार नेपाली रुपैयाँ तथा चार हजार ९०० भारतीय रुपैयाँ बरामद गरिएको छ । पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि सुनसरीको इटहरीस्थित क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?