३५ अर्ब लाग्ने काम ८ अर्बमै गर्दै प्रधानमन्त्रीका आइटी विज्ञ असगर अली

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
३५ अर्ब लाग्ने काम ८ अर्बमै गर्दै प्रधानमन्त्रीका आइटी विज्ञ असगर अली

सारांश

  • काठमाडौं, २४ असोज ।
  • सरकारले ३५ अर्ब लाग्ने भनिएको राष्ट्रिय परिचयपत्रको काम ८ अर्बमै गर्न सकिने व्यवस्था मिलाउन लागेको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि विज्ञ असगर अलीले ३५ अर्ब लाग्ने भनिएको राष्ट्रिय परिचयपत्रको काम ८ अर्बमै गर्न सकिने व्यवस्था मिलाउन लागेका हुन् ।

काठमाडौं, २४ असोज । सरकारले ३५ अर्ब लाग्ने भनिएको राष्ट्रिय परिचयपत्रको काम ८ अर्बमै गर्न सकिने व्यवस्था मिलाउन लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि विज्ञ असगर अलीले ३५ अर्ब लाग्ने भनिएको राष्ट्रिय परिचयपत्रको काम ८ अर्बमै गर्न सकिने व्यवस्था मिलाउन लागेका हुन् ।

सरकार गठन भएदेखि नै मितव्ययिता अपनाउने घोषणा गरेका प्रधानमन्त्री ओलीले आफ्नो सूचना प्रविधि विज्ञमार्फत ३५ अर्बमा गर्न लागिएको राष्ट्रिय परिचयपत्रको काम ८ अर्बमै सम्पन्न गर्न लागेका हुन् । यसअघि प्रधानमन्त्री ओलीका सूचना प्रविधि विज्ञ असगर अलीले नै मन्त्रिपरिषद्को बैठक पहिलोपटक “पेपरलेस” बनाएका थिए ।

असगरकै विज्ञतामा नेपालको इतिहासमा पहिलोपटक मन्त्रिपरिषद् बैठक कागज प्रयोग नगरी बस्न थालेको छ । प्रधानमन्त्री तथा मन्त्रीहरुले कागजको सट्टा म्याकबुक प्रयोग गरेका छन् । नेपालमा पहिलोपटक स्वचालित प्रणालीबाट पेपरलेस मन्त्रिपरिषद् बैठक बस्न सुरु गरेको हो ।

प्रधानमन्त्रीका आइटी विज्ञ अली सूचना विज्ञ भएकै कारण उनले ३५ अर्बमा बनाउन लागिएको राष्ट्रिय परिचयपत्र अहिले ८ अर्बमा बनाउने तयारीमा रहेका छन् । राष्ट्रिय परिचयपत्रको कामलाई सहज बनाउन सरकाले निर्वाचन आयोगको तथ्यांक मागेको छ । राष्ट्रिय परिचयपत्रका लागि ३५ अर्ब खर्च हुने र ५ वर्ष लाग्ने गरी प्रत्येक नागरिकको छुट्टाछुट्टै म्यानुअल इन्ट्री डाटा संकलन गर्ने तयारी भएको थियो । त्यसलाई मूर्तरुप दिन लागिपरेका छन्, प्रधानमन्त्रीका आइटी विज्ञ अली । उनले राष्ट्रिय परिचयपत्रका लागि फेरि सुरुदेखि सबैको सबै डाटा लिनै नपर्ने देखे । किनभने निर्वाचन आयोगसँग मतदाता परिचयपत्र बनाउँदा फोटो र औँठा छापसहितको डिजिटल डाटा छँदैछ । यता गृह मन्त्रालयसँग पनि नागरिकता बनाउँदाको फोटो र औँठा छापसहितको डिजिटल डाटा छँदैछ ।

गृहसँग नागरिकता बनाउँदाको डाटा हुन्छ । यीमध्ये कोही कता कोही कता बसाइँ सराइँ गरेर गएका हुन सक्छन् । निर्वाचन आयोगसँग चाहिँ भोट हाल्नका लागि डाटा संकलन गरिएको भएर अलि फ्रेस डेटा हुन्छ । यी दुईवटा डाटालाई इन्टिग्रेसन ग¥यो भने राष्ट्रिय परिचयपत्रका लागि धेरै डाटा इन्ट्री नै गर्नुपर्दैन । पुरानो भएकै विवरण काम लाग्छ । नागरिकता नम्बर इन्ट्री गर्ने बित्तिकै नाम, बाबुको नाम, ठेगाना लगायतका सब विवरण आफै आउँछ । अर्थात २० मिनेटमा सकिने काम ५ मिनेटमा सकिन्छ । यसो गर्नेबित्तिकै ५ वर्षमा सकिने काम एक वर्षमा सकिने भयो । खर्च पनि ३५ अर्बबाट स्वात्तै घटेर ८ अर्ब रुपैयाँमा हुनसक्ने देखियो ।

माइसंसारको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेडक्वार्टरमा माओवादी नेताको रिपोर्टिङ, अनुभवको कमीले पराजय
हेडक्वार्टरमा माओवादी नेताको रिपोर्टिङ, अनुभवको कमीले पराजय
काठमाडौँ विश्वविद्यालयलमा शिल्पकलाको पठनपाठन
काठमाडौँ विश्वविद्यालयलमा शिल्पकलाको पठनपाठन
ओलीलाई यस्तो आरोप लगाएपछि केशब बडालले यसरी हात हाले मिन विश्वकर्मामाथि (भिडियोसहित)
ओलीलाई यस्तो आरोप लगाएपछि केशब बडालले यसरी हात हाले मिन विश्वकर्मामाथि (भिडियोसहित)
नयाँ शक्तिमा नयाँ तरंग : बाबुराम–देवेन्द्रबीच जुहारी
नयाँ शक्तिमा नयाँ तरंग : बाबुराम–देवेन्द्रबीच जुहारी
कोभिड–१९ः एक युवती आइसोलेसनमा
कोभिड–१९ः एक युवती आइसोलेसनमा
गरिबीको रेखामाथि उठाउन गठबन्धनः नेता विष्ट
गरिबीको रेखामाथि उठाउन गठबन्धनः नेता विष्ट
काठमाडौँ उपत्यकामा आजसम्मकै बढी ३०१ जना कोरोना संक्रमित थपिए
नेकपा भित्र ओलीलाई एक्ल्याउने तयारी, बामदेव गौतमको सक्रियतामा हुँदैछ यस्तो मोर्चावन्दी !
नेकपा भित्र ओलीलाई एक्ल्याउने तयारी, बामदेव गौतमको सक्रियतामा हुँदैछ यस्तो मोर्चावन्दी !
निजामती कर्मचारीले कार्यालय पोसाकमा टिकटक बनाए कारबाही हुने
निजामती कर्मचारीले कार्यालय पोसाकमा टिकटक बनाए कारबाही हुने
एनपीएलको खेल तालिका सार्वजनिक
एनपीएलको खेल तालिका सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?