अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३, २०७९
|
|
४३ पटक हेरिएको
Shares
अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक

सारांश

  • काठमाडौं ।
  • नेकपा (एमाले) निकट अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
  • प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिनुभयो । निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता र बिहीबार निर्वाचनको समय तोकिएको छ । 
आज मतदाता नामावली सार्वजनिक, उम्मेदवार दर्ता र बिहीबार निर्वाचनको समय तोकिएको उहाँले बताउनुभयो । आज दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता, साँझ ६ बजे देखि ७ बजेसम्म उम्मेदवारी दर्ता फिर्ताका लागि समय तोकिएको छ ।

यस्तै भोलि फागुन ४ गते बिहान ९ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि सहमतिको प्रयास भइरहेको जानकारी दिए । ।

नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, झविन्द्र खत्री र महासचिव बडाल रहेका छन् । महाधिवेशनले आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) निर्वाचित गर्नेछ । महाविधेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी छन् ।

यस्तै निर्वाचन प्रक्रियालाई व्यवस्थित, छिटोछरितो बनाउन विद्युतीय मेसिनमार्फत निर्वाचन गर्ने व्यवस्था गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा मङ्गलबारदेखि सुरु भएको महाधिवेशन बिहीबारसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुरामले वाम गठबन्धन तोडे : आँखा चिन्हमा चुनाव लड्ने
बाबुरामले वाम गठबन्धन तोडे : आँखा चिन्हमा चुनाव लड्ने
सुन तस्करी प्रकरण: पक्राउ परेका व्यवसायी पोद्दार सहित चार जनालाई पूरक अभियोग दर्ता
रानी जमरा कुलरिया सिँचाइ आयोजना : ६० प्रतिशत निर्माण सम्पन्न
रानी जमरा कुलरिया सिँचाइ आयोजना : ६० प्रतिशत निर्माण सम्पन्न
संघीयता प्रति चिन्ता गर्दै फेरि बोले पूर्वराजा ज्ञानेन्द्र
संघीयता प्रति चिन्ता गर्दै फेरि बोले पूर्वराजा ज्ञानेन्द्र
नाडाल र फेडेरर इटालियन ओपन टेनिसको तेस्रो चरणमा
नाडाल र फेडेरर इटालियन ओपन टेनिसको तेस्रो चरणमा
एलिनाले रुँदै बनाइन् भिडिओ, सत्य घटना कि भाइरल हुन रचिएको नाटक ?
एलिनाले रुँदै बनाइन् भिडिओ, सत्य घटना कि भाइरल हुन रचिएको नाटक ?
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस
दिल्ली दंगामा मारिनेकाे संख्या ३४ पुग्याे
दिल्ली दंगामा मारिनेकाे संख्या ३४ पुग्याे
प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने
प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने
युएईमा साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु
युएईमा साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु