सुन तस्करी प्रकरण: पक्राउ परेका व्यवसायी पोद्दार सहित चार जनालाई पूरक अभियोग दर्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०७५
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • अस्बिन खड्का, २० असार ।
  • साढे ३३ किलाे सुन तस्करी प्रकरणको अनुसन्धानको दोस्रो चरणमा पक्राउ परेका ६ जनालाई पूरक अभियोग दर्ता गरिने भएको हो ।
  • जिल्ला न्यायधिवक्ता पुण्यप्रसाद पाठकका अनुसार प्रहरी हिरासतमा रहेकाहरूलाई बुधबार मुद्दा दर्ता गर्न लागिएको हो ।

अस्बिन खड्का, २० असार । साढे ३३ किलाे सुन तस्करी प्रकरणको अनुसन्धानको दोस्रो चरणमा पक्राउ परेका ६ जनालाई पूरक अभियोग दर्ता गरिने भएको हो ।

जिल्ला न्यायधिवक्ता पुण्यप्रसाद पाठकका अनुसार प्रहरी हिरासतमा रहेकाहरूलाई बुधबार मुद्दा दर्ता गर्न लागिएको हो । सरकारी वकिलको कार्यालयले मंगलबार नै मुद्दा दर्ताको तयारी गरेको थियो । तर, समय अभावका कारण बुधबारलाई सारिएको हो ।

प्रहरी हिरासतमा रहेका चुडामणि उप्रेती ‘गोरे’का सहयोगी राम तिवारी, विनोद अधिकारी, मोतीराम यिमश्रेष्ठ, रेवन्त आचार्य, मदन सिलवाल र भुजुङ गुरुङका सहयोगी लक्षु गुरुङ विरुद्ध पूरक मुद्दा दायर गरिने छ ।

मुद्दा दायर गरिएकामध्ये मुख्य आरोपी चुडामणि उप्रेती गोरे सहित ३१ जना पूर्पक्षका लगि कारागारमा छन् । दुई जना अदालतको थुनछेक बहस पछि तारेखमा छुटेका थिए । सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको समितिले पक्राउ गरेका व्यवसायी विमल पोद्दार, प्रविण अग्रवाल, डब्बु भनिने इम्तियाज अली र अकबर शाहलाई विराटनगर ल्याउने तयारी गरेको हो । बुधबार नै प्रहरी हिरासतमा रहेका ६ जनालाई मुद्दा दर्ता गरिदैछ । सोही दिन व्यापारी पोद्दार सहित चार जनालाई विराटनगर ल्याउन लागिएको हो ।

मोरङका प्रहरी नायव उपरीक्षक निसान थापाले थप आरोपी हरु लाई आज ल्याउन लागिएको भन्ने कुरा को जानकारी पाएको बताए। प्रहरी का अनुसार अब आउने चार जनालाई के अभियोग लगाउने हो भन्ने कुरा को टुंगो लागेको छैन ।

गृह मन्त्रालयले गठन गरेको छानविन समितिले व्यापारी पोद्दार लाई गत असार ५ गते नियन्त्रणमा लिएको थियो भने अकबर साह लाई असार ८ गते, प्रविण अग्रवाल र अलीलाई असार ९ गते पक्राउ गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?