उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिव भट्ट बर्खास्त
सारांश
- सुदूरपश्चिम प्रदेशका उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिवलाई पदबाट बर्खास्त गरिएको छ ।
- उपसभामुख निर्मला बडाल जोशीकी अंगरक्षक महिला प्रहरीलाई फेसबुक म्यासेञ्जरबाट यौन प्रस्ताव राख्ने स्वकीय सचिव हरिश भट्टलाई आइतबारदेखि सो पदबाट बर्खास्त गरिएको हो ।
- स्वकीय सचिव भट्टले उपसभामुख जोशीकी अंगरक्षक महिला प्रहरीसित म्यासेञ्जरबाट बारम्बार यौन प्रस्ताव गरी मानसिक यातना दिएको भन्दै सञ्चारमाध्यममा उनले गरेको कुराकानी सहितको म्यासेञ्जर संवाद बाहिरिएपछि भट्टलाई स्वकीय सचिवबाट हटाएको उपसभामुखको सचिवालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिवलाई पदबाट बर्खास्त गरिएको छ । उपसभामुख निर्मला बडाल जोशीकी अंगरक्षक महिला प्रहरीलाई फेसबुक म्यासेञ्जरबाट यौन प्रस्ताव राख्ने स्वकीय सचिव हरिश भट्टलाई आइतबारदेखि सो पदबाट बर्खास्त गरिएको हो । स्वकीय सचिव भट्टले उपसभामुख जोशीकी अंगरक्षक महिला प्रहरीसित म्यासेञ्जरबाट बारम्बार यौन प्रस्ताव गरी मानसिक यातना दिएको भन्दै सञ्चारमाध्यममा उनले गरेको कुराकानी सहितको म्यासेञ्जर संवाद बाहिरिएपछि भट्टलाई स्वकीय सचिवबाट हटाएको उपसभामुखको सचिवालयले जनाएको छ ।
स्वकीय सचिव भट्टले पदीय आचरण विपरित काम गरेपछि सुदूरपश्चिम प्रदेश सह इञ्चार्ज समेत रहेका उपसभामुख जोशीका श्रीमान लक्ष्मण दत्त जोशीसहितका नेकपाका नेताहरुको सल्लाहमा भट्टलाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाइएको हो ।
स्वकीय सचिव भट्टको यौन प्रस्ताव सहितको यातनापूर्ण ब्यवहारका कारण उपसभामुख जोशीका अंगरक्षकहरु हरेक दुई महिनामा फेरिने गरेका थिए । स्वकीय सचिव भट्टले आफूले भनेको नमान्ने अंगरक्षकलाई अनेकन आरोप लगाई सुदूरपश्चिम डीआइजीलाई भनेर फेर्ने गरेका थिए ।
स्वकीय सचिव भट्टले आफ्नो यौन प्रस्ताव नस्विकारे पछि बिनाकारण हटाउने गरेर आजित भएपछि उपसभामुखका अंगरक्षक महिला प्रहरीले बाध्य भएर स्वकीय सचिव भट्टका कर्तुक बाहिर ल्याउनुपरेको बताइन् । राजधानी अनलाइनबाट
प्रतिक्रिया