विश्व समाचार : वायु सेनाका अधिकारीले बलात्कार गरेको सिनेटरको खुलासा
सारांश
- बीबीसी।
- अमेरिकी एक सिनेटरले आफू वायु सेनामा काम गर्दा एक वरिष्ठ अधिकारीले आफ्नो बलात्कार गरेको खुलासा गरेकी छन्।
- युद्धमा लडाकु विमान उडाउने पहिली अमेरिकी महिला पाइलट तथा सिनेटर मार्था मैकस्लीले सेनामा यौन दुव्र्यवहारको सुनुवाईका क्रममा आफ्नो अनुभव सुनाएकी हुन्।
बीबीसी। अमेरिकी एक सिनेटरले आफू वायु सेनामा काम गर्दा एक वरिष्ठ अधिकारीले आफ्नो बलात्कार गरेको खुलासा गरेकी छन्।
युद्धमा लडाकु विमान उडाउने पहिली अमेरिकी महिला पाइलट तथा सिनेटर मार्था मैकस्लीले सेनामा यौन दुव्र्यवहारको सुनुवाईका क्रममा आफ्नो अनुभव सुनाएकी हुन्।
एरिजोना रिपब्लिनक पत्रिकाको रिपोर्ट अनुसार उनले बलात्कार विरुद्ध उजुरी दिएकी थिइनन् किनभने उनले लज्जित र भ्रमित भएको महशुस गरेकी थिइन्। र उनलाई आफूले न्याय पाउँछु भन्ने विश्वास थिएन।
२०१७ मा अमेरिकी सेनामा करिव ६८०० यौन उत्पीडनका घटना सार्वजनिक भएका थिए। यो तथ्यांक गत वर्षको भन्दा दश प्रतिशतले बढी हो।
५२ वर्षीया मार्था म्याकस्ली बुधबार सिनेट आम्र्ड सर्भिस उप समितिमा यौन उत्पीडनको शीकार भएका महिलाको सुनुवाइका क्रममा आफ्नो धारणा राखिरहेकी थिइन्।
वायु सेनाका प्रवक्ताले भने, ‘सिनेटर म्याकस्लीले जुन अनुभव गर्नु भयो त्यो सुनेर हामी चतिक र भित्रैबाट दुखी भएका छौं। हामी उनी र यौन उत्पीडनका शीकार भएका सबै पीडितको पक्षमा सधैं उभिने छौं।’
मार्था म्याकस्लीले आफूले यो अनुभव यौन उत्पीडनका शिकार भएको महिलालाई हिम्मत जुनाउन शेयर गरेको बताएकी छन्। उनले भनिन्, ‘तपाइँहरु जस्तै म पनि यौन उत्पीडनको शिकार भएकी छु। तर कयौं बहादुर महिलाले गरेको विपरित मैले यो उत्पीडन विरुद्ध आवाज उठाइन। अन्य महिला र पुरुषलाई जस्तै त्यो बेला मलाइ पनि यो व्यवस्थाप्रति विश्वास थिएन।’
‘यसकारण म स्वयंलाई नै दोषी मान्छु। म लज्जित र भ्रमित थिएँ। मलाइ उत्पीडन गर्नेले आफ्नो प्रभावलाई गलत तरिकाले प्रयोग गरेका थिए। यो विषयमा म एक वरिष्ठ अधिकारीको शिकार भएँ, उनले मेरो बलात्कार गरे।’
मार्था म्याकस्लीले यो विषयमा आफूले वरिष्ठ अधिकारीहरुसँग करा गरेको तर उनीहरुकोतर्फबाट कुनै प्रतिक्रिया नआएको बताइन्।
म्याकस्लीले २६ वर्षसम्म अमेरिकी वायु सेनामा काम गरेकी थिइन्। उनी २०१० मा कर्णेल पदबाट अवकाश भएकी हुन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया