भारतीय भूपू गोर्खा सैनिकको पेन्सन रोकियो
सारांश
- काठमाडौंबाट पेन्सन बुझ्ने भरतीय सेनाका पूर्वगोर्खाहरुलाई नयाँ व्यवस्था भन्दै ठमेलस्थित क्याम्पले भुक्तानी रोकिदिएको छ।
- यसले झण्डै ५० हजार पेन्सनर मर्कामा परेका छन्।
- भारत सरकारको नीतिअनुसार हरेक तीन महिनामा भुक्तानी दिने भन्दै क्याम्पले फर्काइदिएपछि जीवन निर्वाह गर्न मुस्किल परेको उनीहरुको गुनासो छ।
काठमाडौंबाट पेन्सन बुझ्ने भरतीय सेनाका पूर्वगोर्खाहरुलाई नयाँ व्यवस्था भन्दै ठमेलस्थित क्याम्पले भुक्तानी रोकिदिएको छ।
यसले झण्डै ५० हजार पेन्सनर मर्कामा परेका छन्। भारत सरकारको नीतिअनुसार हरेक तीन महिनामा भुक्तानी दिने भन्दै क्याम्पले फर्काइदिएपछि जीवन निर्वाह गर्न मुस्किल परेको उनीहरुको गुनासो छ।
यो महिना सुरु भएको ९ दिन भइसक्यो तर १ तारिखमा पाउनुपर्ने पेन्सन हामीले अझै पाएका छैनौं’ पूर्वगोर्खा भारतीय सैनिक भरत थापा भन्छन्, ‘यसले गर्दा कसैलाई बैकले किस्ता र छोराछोरीको फी तिर्न, कसैलाई नियमित औषधोपचार गर्नसमेत समस्या छ।
कतिले त डेरा भाडा नै तिर्न नसक्ने अस्था छ। क्याम्पका भारतीय अधिकारीले भारत सरकारको नयाँ व्ययवस्था अनुसार पेन्सन वितरण हुन लागेको छ ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया