अपर अरुण आयोजनाले एक अर्ब ४५ करोड बढी मुआब्जा बाँड्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २०, २०७९
|
|
३३ पटक हेरिएको
Shares
अपर अरुण आयोजनाले एक अर्ब ४५ करोड बढी मुआब्जा बाँड्यो

सारांश

  • किमाथाङ्का ।
  • सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माणाधीन एक हजार ६१ मेगावाटको अपर अरुण आयोजना प्रभावित क्षेत्रमा रू एक अर्बभन्दा बढी मुआब्जा वितरण गरेको छ ।
  • आयोजना प्रभावित क्षेत्रका लागि छुट्टाइएको सात सय ८८ कित्तामध्ये छ सय ९९ कित्ताकाट गरिसकेको छ ।

किमाथाङ्का । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माणाधीन एक हजार ६१ मेगावाटको अपर अरुण आयोजना प्रभावित क्षेत्रमा रू एक अर्बभन्दा बढी मुआब्जा वितरण गरेको छ । आयोजना प्रभावित क्षेत्रका लागि छुट्टाइएको सात सय ८८ कित्तामध्ये छ सय ९९ कित्ताकाट गरिसकेको छ । अपर अरुण आयोजना प्रभावित क्षेत्रमा रू एक अर्ब ४५ करोड भुक्तानी भइसकेको आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले जानकारी दिए । उनका अनुसार प्रभावित क्षेत्रमा हालसम्म ६४ प्रतिशत रकम वितरण गरिसकेको छ ।

आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । एक हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमता रहेको उक्त आयोजना सरकारले निर्माण गर्ने गरी काम अघि बढाइएको थियो ।

आयोजनाअन्तर्गत भोटखोला गाउँपालिका–२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोलाका प्रभावित स्थानीयले मुआब्जा पाउनेछन् । उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जग्गाका लागि प्रतिरोपनी रू १५ लाख मुआब्जा निर्धारण गरिएको छ भने कोसी राजमार्गले छोएको तर बस्ती नभएका हटिया–६ को जग्गाका लागि प्रतिरोपनी रू १० लाख निर्धारण गरिएको छ ।

जलविद्युत् आयोजनाको अनुमानित लागत रू दुई अर्ब २६ करोड रहेको छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ । हाइड्रोपावर निर्माण सुरु भएको छ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ । आयोजनाका लागि ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइनेछ ।

आयोजनका लागि २२ किमी पहुँचमार्ग निर्माण गर्ने

अपर अरुण आयोजनाका लागि पहुँच मार्ग बनाउने प्रक्रिया थालिएको छ । प्राधिकरणले २ दशमलव ०३ किमी सुरुङमार्गसहित करिब २२ किमी पहुँच सडक निर्माणका लागि भारतीयको गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ । पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ ।

पहुँच मार्ग भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्मको निर्माण गरिनेछ । रू सात अर्ब ९१ करोड ३९ लाखमा उक्त सडक निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अदालतको आदेश नटेर्ने सिडिओका कारण जो नागरिक हुन सकेनन्
अदालतको आदेश नटेर्ने सिडिओका कारण जो नागरिक हुन सकेनन्
पूर्वसांसद गुरुङको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त
पूर्वसांसद गुरुङको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त
नुवाकोटमा कांग्रेस नेता पैसासहित समातिए
नुवाकोटमा कांग्रेस नेता पैसासहित समातिए
विशेष अदालतको चार फैसला छानबिन गर्न न्यायपरिषदमा उजुरी
विशेष अदालतको चार फैसला छानबिन गर्न न्यायपरिषदमा उजुरी
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
एकै परिवारका चार जना सदस्यको रहस्यमय मृत्यु
एकै परिवारका चार जना सदस्यको रहस्यमय मृत्यु
साउदी लिगमा जाँदै राकिटिक
साउदी लिगमा जाँदै राकिटिक
नेपाललाई चौँथो सफलता, दश अाेभरकाे खेल सकिँदा खेलमा नेपाल हावी !
नेपाललाई चौँथो सफलता, दश अाेभरकाे खेल सकिँदा खेलमा नेपाल हावी !
भारतीय पूर्वमन्त्री पी. चिदम्बर पक्राउ
भारतीय पूर्वमन्त्री पी. चिदम्बर पक्राउ
घाँस-दाउरा गर्न तिरो भारतलाईः निकुञ्ज प्रशासनलाई खुशी पार्नु बाध्यता
घाँस-दाउरा गर्न तिरो भारतलाईः निकुञ्ज प्रशासनलाई खुशी पार्नु बाध्यता

तपाईंले छुटाउनुभयो कि?