नेपाललाई चौँथो सफलता, दश अाेभरकाे खेल सकिँदा खेलमा नेपाल हावी !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
३३ पटक हेरिएको
Shares
नेपाललाई चौँथो सफलता, दश अाेभरकाे खेल सकिँदा खेलमा नेपाल हावी !

सारांश

  • काठमाडौँ, १० भदौ ।
  • नेपालले आफ्नो तेस्रो तथा अन्तिम अभ्यास खेलमा पहिले बलिङ गर्दै चौँथो सफलता हात पारेको छ ।
  • श्रृलंकाको स्थानिय क्लब कोल्ट क्रिकेट क्लबसँग अभ्यास खेल खेलिरहेको नेपालले नवौँ ओभरमा चौँथो सफलत हात पारेको हो ।

काठमाडौँ, १० भदौ । नेपालले आफ्नो तेस्रो तथा अन्तिम अभ्यास खेलमा पहिले बलिङ गर्दै चौँथो सफलता हात पारेको छ । श्रृलंकाको स्थानिय क्लब कोल्ट क्रिकेट क्लबसँग अभ्यास खेल खेलिरहेको नेपालले नवौँ ओभरमा चौँथो सफलत हात पारेको हो । नेपालका लागि करन केसीले र सोमपाल कामीले २÷२ विकेट लिएका छन् ।

टस जितेर ब्याटिङमा उत्रेको कोल्ट क्लबले १० ओभरको खेल सकिँदा ४ विकेट गुमाएर ४९ रन बनाएको छ ।

नेपाल एक साता देखि एसिया कप छनोट प्रतियोगिताका लागि तयारीका क्रममा श्रृलंकामा अभ्यासरत छ । नेपालले आफ्नो पछिल्ला दुई खेलमा जित हात पारेको थियो । भने प्रतियोगिताका लागि सोमबार मलेसिया प्रस्थान गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?