ट्रम्पले आप्रवासीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ९, २०७७
|
|
२१ पटक हेरिएको
Shares
ट्रम्पले आप्रवासीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउँदै

सारांश

  • काठमाडौं।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेशमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने भएका छन् ।
  • सुरुवातदेखि नै आप्रवासीप्रति कडा रुपमा प्रस्तुत भइरहेका ट्रम्पले अहिले कोरोनाभाइरस महामारीका कारण यस्तो निर्णय गर्न लागेका हुन् ।

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेशमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने भएका छन् । सुरुवातदेखि नै आप्रवासीप्रति कडा रुपमा प्रस्तुत भइरहेका ट्रम्पले अहिले कोरोनाभाइरस महामारीका कारण यस्तो निर्णय गर्न लागेका हुन् । उनले अमेरिकामा प्रवेश रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने घोषणा गरेका छन्।

यसअघि पनि ट्रम्प आप्रवासीप्रति आक्रामक थिए । उनले अमेरिकाले डिपोर्ट गर्न चाहेका विदेशी नागरिकलाई आफ्नो देश फर्काउन नचाहने देशलाई भविष्यमा भिसामा प्रतिबन्ध समेत लगाउन सक्ने चेतावनी दिएका थिए । अहिले कोरोना भाइरसको संक्रमण महामारीले बजारमा संकटको स्थिति ल्याउँदा बेरोजगारी बढेपछि ट्रम्पले संयुक्त राज्य अमेरिकाका नागरिकको रोजगार बचाउन अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउन लागेका हुन्।

ट्रम्पको यो निर्णयसँगै अब अमेरिकामा बसोवास गर्न जान चाहने कसैले पनि प्रवेश पाउने छेनन् । अमेरिकामा आप्रवासनसम्बन्धि सबै प्रक्रिया रोकिएको छ । यसले नेपालसहितका मुलुकबाट डिभी चिठ्यामार्फत अमेरिका प्रवेश गर्नेहरुले समेत प्रवेश पाउने छैनन् । यसबाहेक अमेरिका बसोवासका लागि भिसा लागिसकेका, तेस्रो देश शरणार्थी पुनर्स्थापनाका कार्यक्रमका आप्रवासी तथा पर्यटकले समेत प्रवेश पाउने छैनन्।

ट्रम्पले ट्वीटरमा भनेका छन्, ‘अदृश्य शत्रुको हमलालाई मध्यनजर गर्दै र ग्रेट अमरिकी नागरिकको रोजगार बचाउनका लागि म अमेरिकामा आउने र बस्नमा रोक लगाउनसक्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्दैछु ।’ यद्यपि यो आदेश कसरी कार्यान्वयन गरिन्छ भन्ने खुलाइएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकामा मोनोरेलको सम्भावना : चिनियाँ कम्पनीको अध्ययन यस्तो छ
उपत्यकामा मोनोरेलको सम्भावना : चिनियाँ कम्पनीको अध्ययन यस्तो छ
आइएनजिओकाे खर्चमा कृषि मन्त्रालयका १८९ कर्मचारी विदेश भ्रमणमा
आइएनजिओकाे खर्चमा कृषि मन्त्रालयका १८९ कर्मचारी विदेश भ्रमणमा
भाइरल बन्दै  चर्चित गायक  खुमन अधिकारी & लक्ष्मी आचार्यको तीजको गीत  “भिटामिन”  ! हेर्नुहोस   (भिडियो सहित)
भाइरल बन्दै चर्चित गायक खुमन अधिकारी & लक्ष्मी आचार्यको तीजको गीत “भिटामिन” ! हेर्नुहोस (भिडियो सहित)
नेपाल भारत सम्बन्ध अहिलेजस्तो कहिल्यै थिएनः भारतीय विदेशमन्त्री
नेपाल भारत सम्बन्ध अहिलेजस्तो कहिल्यै थिएनः भारतीय विदेशमन्त्री
गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक: नेता खनाल
गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक: नेता खनाल
अध्यक्ष नेपाल र संयोजक गौतमबीच भेट : एकताका लागि छलफल
अध्यक्ष नेपाल र संयोजक गौतमबीच भेट : एकताका लागि छलफल
राप्रपाले मागैमाग राखेर थाल्यो दबाबमूलक अभियान
राप्रपाले मागैमाग राखेर थाल्यो दबाबमूलक अभियान
सिंहदरबारभित्र करोडौंको लेनदेन
सिंहदरबारभित्र करोडौंको लेनदेन
काठमाडौँ क्षेत्र नं ३ ,५ ,६ ,७ ,८ ,९,१० को मत परिणाम
काठमाडौँ क्षेत्र नं ३ ,५ ,६ ,७ ,८ ,९,१० को मत परिणाम
सासंद ठेकेदारदेखि सहन्यायाधिवक्तासम्म अख्तियारको फन्दामा, को को पर्दैछन जेलमा ?
सासंद ठेकेदारदेखि सहन्यायाधिवक्तासम्म अख्तियारको फन्दामा, को को पर्दैछन जेलमा ?

तपाईंले छुटाउनुभयो कि?