नेपालको शान्तिप्रक्रिया द्वन्द्वग्रस्त मुलुकका लागि अनुकरणीय हुनसक्छ : प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले नेपालको शान्तिप्रक्रिया कुनैपनि द्वन्द्वग्रस्त मुलुकका लागि अनुकरणीय हुनसक्ने बताएका छन् ।
- निर्वाचित जनप्रतिनिधिबाट संविधान लेखेको कोट्याउँदै हाम्रो ‘संविधान’ विश्वकै उत्कृष्ट संविधान मध्येको एक भएको दाबी गरे ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले नेपालको शान्तिप्रक्रिया कुनैपनि द्वन्द्वग्रस्त मुलुकका लागि अनुकरणीय हुनसक्ने बताएका छन् । निर्वाचित जनप्रतिनिधिबाट संविधान लेखेको कोट्याउँदै हाम्रो ‘संविधान’ विश्वकै उत्कृष्ट संविधान मध्येको एक भएको दाबी गरे ।
शनिबार काठमाडौंमा सुरु भएको दुईदिने एसिया प्यासिफिक समिट–२०१८ उद्घाटन सत्रमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालले चुनौती पार गर्दै शान्ति प्रक्रियामा सफल भएको बताए ।
उनले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई ‘महान उपलब्धि’ भएको बताए । ‘नेपालजस्तो विविधता समाजलाई छलफल, समझदारी, पारस्परिक सम्मान, त्यागमार्फत एकै ठाउँमा ल्याउन सकिन्छ’ उनले भने ।
प्रधानमन्त्री ओलीले भने, ‘सशस्त्र संघर्षलाई सफलतापूर्वक समाधान गर्न सकिन्छ र बुलेटमाथि ब्यालेटको सर्वोच्चता कायम गर्न सकिन्छ भन्ने स्थापित गरेर देखायौं।’
प्रधानमन्त्री ओलीले गत वर्ष सकिएको तीन तहको चुनावले नेपालमा राजनीतिक स्थिरता ल्याएको दाबी गरे । ‘मुलुक राजनीतिक स्थिरतासहित नयाँ युगमा प्रवेश गरेको छ,’ ओलीले भने। शान्ति, स्थायित्व, प्रजातान्त्रिक र समृद्ध नेपालको लक्ष्यमा पुग्न मित्रराष्ट्र तथा शुभेच्छुकको सहयोग र सद्भाव आवश्यक छ ।’
प्रतिक्रिया