अबको पालो राष्ट्र निर्माणमा युवाशक्ति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३०, २०७४
|
|
१६ पटक हेरिएको
Shares
अबको पालो राष्ट्र निर्माणमा युवाशक्ति

सारांश

  • शंकर तिवारी मेरो देश छ र त म छु ।
  • नेपाल रहे त नेपालीत्व रहन्छ तर, यहाँ राजनेताहरुको जुधाईले देश रहला वा नरहला ?
  • नेपाली भनौला वा भन्न नपाइएला छुट्टयाउन गाह्रो भएको छ ।
  • शंकर तिवारी

मेरो देश छ र त म छु । नेपाल रहे त नेपालीत्व रहन्छ तर,
यहाँ राजनेताहरुको जुधाईले देश रहला वा नरहला ? नेपाली भनौला वा भन्न नपाइएला छुट्टयाउन गाह्रो भएको छ । हामी युवाहरुले नयाँ नेपाल निर्माणको सपना देखिरहेका छौं । समृद्ध नेपाल र सुखी नेपाल बनाउने लक्ष्यमा अग्रसर छौं । युवाहरु सबैखाले परिवर्तनका संबाहक हुन् । यो सत्यलाई कसैले पनि नकार्न सक्दैन ।

यसो भन्नुको मतलब मुलुकको विकास र समृद्धिमा युवाको निर्णायक भूमिका सर्वस्वीकृत यथार्थ हो । यसको मतलब राष्ट्र निर्माणको सन्दर्भमा युवा एउटा महत्वपूर्ण बिषय र जगजाहेर प्रस्थर्पना हो । यसो भनिरहँदा नयाँ नेपालले नयाँ नेतृत्व खोजीरहेको वास्तविकतालाई नजरअन्दाज गर्न मिल्दैन । यस्तो नेतृत्व क्षमता युवाहरुमा मात्रै छ ।

राजनीतिमा आजका दिनमा देखिएका विकृतिहरुको जगमा यसलाई फोहोरी खेल ठान्नुहुन्न युवाहरुले । एक चर्चित राजनीतिज्ञको भनाईमा राजनीति त ‘कलाहरुमध्येको पनि सुन्दरतम् कला हो ।’ फोहोर पोखरीका अगाडि बसेर छ्या यो फोहोर पोखरी भनेर मात्रै पुग्दैन, त्यसमा पसेरै भए पनि पोखरीलाई सफा बनाउने दायित्व बोध गर्नुपर्दछ । आफू मूर्खहरुबाट शासित हुन नचाहने हो भने पनि राजनीतिलाई नजिकबाट बुझ्नैपर्दछ र यसमा रहका विकृतिहरुको अन्त्यका लागि सक्रिय बन्नैपर्दछ ।

युवा भनेको देशको मेरुदण्ड पनि मानिन्छ । देश विकासमा युवाहरुको सबै भन्दा बढी योगदान रहेको छ । युवाहरुको पाखुरामा आँट, साहस र बलको भण्डार रहेको हुन्छ । विभिन्न क्षेत्रमा छरिएर रहेका उनीहरुको ज्ञान, सिप र कलाको उपयोग गरिएमा पहाडलाई मैदान र मरुभूभिलाई हरिलो भरिलो र रङ्गीचङ्गी बगैंचा बनाउन धेरै समय लाग्दैन । यर्सथ देश निर्माणको प्रमुख स्रोत भनेको युवा वर्ग हो । युवा वर्गलाई देश निर्माण र विकासमा प्रयोग गर्न सके चाँडै नै देशले काँचुली र्फेन सक्छ ।

युवा उमेर भनेको यस्तो उमेर हो जुन बेला उ हरेक दृष्टिले परिपक्क र शक्तिशाली हुन्छ । शारीरिक र मानसिक रुपले स्वस्थ्य, तन्दुरुस्त रहेको अवस्था नै युवा अवस्था हो । यो मानव जीवनको सर्वाधिक शक्तिशाली र उर्वर याम हो । युवा आ–आफ्नो कार्यमा व्यस्त हुन्छन् । धेरै युवाहरु आफ्नो पढाइमा व्यस्त हुने गर्दछन् । अरु युवाहरु विभिन्न व्यवसायमा संलग्न हुन्छन् ।

सबैले आ–आफ्नो क्षेत्रबाट देशको विकासमा मद्दत पुर्याइरहेका छन् तर उनीहरुको एकल प्रयासले देश विकास हुन सक्दैन । सबै वर्ग, पेसा र तहका मानिसहरुको सहभागिता यसमा हुन जरुरी छ । जसरी थोपा–थोपा पानी मिलेर समुद्र बन्छ भने झैं व्यक्तिले आ–आफ्नो क्षेत्रबाट दिएको श्रम र बगाएको पसिनाले महा–नदीको रुप धारण गर्छ ।

झट्ट सुन्दा देशविकास भनेको गाउँ–गाउँमा शिक्षालय खोल्नु, ठाँउ–ठाँउमा मोटरबाटो पुग्नु, अस्पताल र स्वास्थ्य चौकी बन्नु, सञ्चार सेवा उपलब्ध हुन र आर्थिक स्तरमा सुधार आउनु हो भन्ने लाग्छ तर यतिले मात्र यसको अर्थ पूर्ण भएको मन्न सकिन्न । यो त भौतिक विकास मात्र हो ।
देशको साहित्य, कला, संगीत, धर्म, संस्कृति जस्ता कुराहरुको पनि समानरुपमा विकास हुनुपर्छ । हाम्रो देशमा युवा वर्गले गर्नु पर्ने कार्य धेरै छन् । विदेशी संस्कृतिका जीवाणुहरु हाम्रो मौलिक संस्कृतिका शक्तिशाली जीवाणुहरुलाई बारम्बार आक्रमण गरी हाम्रो संस्कृतिलाई धमिलाउन खोजिरहेको छ ।

हाम्रो समाज अन्धविश्वास, कुरीति, कुसंस्कार जस्ता कुराले समाजलाई नै खोक्रो बनाई समाजिक हिंसालाई बढवा दिइरहेको छ । अबका युवा वर्गाले यस्ता कुराहरु बहिस्कार गरि समाजलाई उज्यालो तर्फ डोर्याउनुपर्छ । राष्ट्रले समय अनुसार जनशक्ति उत्पादनमा मात्र जोड दिनु अनि राष्ट्रबाट उत्पादित जनशक्तिले आफनो श्रम र शिक्षाको सही ठाँउमा सदुपयोग गर्न नपाउँदा एक थरी जिम्मेवार युवा बेरोजगार बन्नु परेकोमा विदेश पलायन हुन बाध्य छन् भने अर्को थरी युवा जमात लागुपदार्थ दुव्र्यसनी, तास, जुवा जस्ता कुलतमा फँसेर आफनो अमूल्य जीवनलाई आनहमा खेर फाल्दै छन् ।

चेतनाको खडेरी परेको छ । देशमा ठूलठूला राजनैतिक परिवर्तन गर्ने युवाहरु बाटो बिराएका छन् । यदि युवाहरुले चाहे भने देश माथिका यस्ता समस्या तत्काल हटाउन सक्दछन् । जब देश विकासमा बाधक तत्वहरुको निर्मुल हन्छ तब मात्रै देशले निश्चित गति पक्रने दखिन्छ । अबको समय सबै युवाहरु एक भएर देश निर्माणमा लाग्नुपर्ने समय आएको छ ।

एक जनाले मात्र यो कार्य गर्न सम्भव छैन । हाम्रो देशमा युवा सम्बन्धि विभिन्न संघ संस्थाहरु छन् । यी संघ संस्थाहरु युवाहरुको विकासका साथसाथै युवाहरुलाई राष्ट्र निमार्णमा लाग्न प्रेरित गर्न र योग्य बनाउन मद्दत पुर्याइरहेका छन् । युवाहरुले आफूले सकेसम्म आफ्नो समय समाज सेवामा खर्चिनुपर्दछ । समाजको निर्माण भएपछि देशको विकास सम्भव छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुट्टाछुट्टै दुर्घटनामा तिनको मृत्यु, चार घाइते
छुट्टाछुट्टै दुर्घटनामा तिनको मृत्यु, चार घाइते
परदेशीको पिडा समेटेर बसन्त र कुलेन्द्रको सहकार्यमा अर्को प्रस्तुति (भिडियो सहित)
नेपालको खराब सुरुवात, तीन जना ब्याट्सम्यान सस्तैमा आउट
नेपालको खराब सुरुवात, तीन जना ब्याट्सम्यान सस्तैमा आउट
कसरि जित्दैछ काङग्रेस ले काठ्माडौ क्षेत्र न. ४ मा ? मनोज सिग्देलसंग  बिस्तृत भिडियो अन्र्तवार्ता ।
कसरि जित्दैछ काङग्रेस ले काठ्माडौ क्षेत्र न. ४ मा ? मनोज सिग्देलसंग बिस्तृत भिडियो अन्र्तवार्ता ।
सिलवालको फाइल खोजी, बन्न पाउलान् त सांसद ?
प्रतिनिधिसभा : सुशासन कायम गर्न ध्यानाकर्षण
प्रतिनिधिसभा : सुशासन कायम गर्न ध्यानाकर्षण
यी हुन् मुख्यमन्त्रीका आकांक्षी, कार्यदलले टुंगाउने
यी हुन् मुख्यमन्त्रीका आकांक्षी, कार्यदलले टुंगाउने
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी
सुशान्त सिंह राजपुतको कोठाको ताला फोड्नेले खोले यस्तो रहस्य
महिला मानव अधिकार जोखिममा
महिला मानव अधिकार जोखिममा

तपाईंले छुटाउनुभयो कि?