नवनियुक्त सातै प्रदेशका प्रमुखहरुले लिए शपथ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १९, २०७६
|
|
५७ पटक हेरिएको
Shares
नवनियुक्त सातै प्रदेशका प्रमुखहरुले लिए शपथ

सारांश

  •   काठमाडौं।
  • नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुले शपथ ग्रहण गरेका छन्।
  •  शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान करीब ९ बजे सातै प्रदेशका प्रमुखलाई शपथ ग्रहण गराएकी हुन्।

काठमाडौं। नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुले शपथ ग्रहण गरेका छन्। शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान करीब ९ बजे सातै प्रदेशका प्रमुखलाई शपथ ग्रहण गराएकी हुन्।

मन्त्रिपरिषदले सोमबार प्रदेश प्रमुख नियुक्तका लागि ७ जनाको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, प्रदेश गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस गरिएको थियो।

मन्त्रिपरिषदले सिफारिस गर्नुअघि नेकपा सचिवालयको बैठकले सातैजनाको नाम सिफारिस गरेको थियो। पार्टीको सिफारिसअनुसार मन्त्रिपरिषदले पनि सिफारिस गरेको हो।

मन्त्रिपरिषदको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवा सरकारका पालमा नियक्त भएका सबै सातै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा पेट्रोल डिजेल कति धेरै खपत! भारतभन्दा सस्तो
नेपालमा पेट्रोल डिजेल कति धेरै खपत! भारतभन्दा सस्तो
छोराको जित नातिको हार :सूर्यबहादुर
छोराको जित नातिको हार :सूर्यबहादुर
बाबुको मुख हेर्ने दिनमा पारसले किन राखे ज्ञानेन्द्रसँगको यो तस्बिर
बाबुको मुख हेर्ने दिनमा पारसले किन राखे ज्ञानेन्द्रसँगको यो तस्बिर
मतपरिणाम चमत्कार हो, कांग्रेस कि सुध्रिन्छ कि सिद्धिन्छ -खगेन्द्र संग्रौला
मतपरिणाम चमत्कार हो, कांग्रेस कि सुध्रिन्छ कि सिद्धिन्छ -खगेन्द्र संग्रौला
युक्रेनको राष्ट्रपतिको कुर्सीमा हास्य कलाकार
युक्रेनको राष्ट्रपतिको कुर्सीमा हास्य कलाकार
मोरङको धनपालथान गाउँपालिकामा एमालेले पाएन ठाउँ, दुवै पदमा कांग्रेसको बाजी
मोरङको धनपालथान गाउँपालिकामा एमालेले पाएन ठाउँ, दुवै पदमा कांग्रेसको बाजी
हजारको नोट नसाटिँदा खुलेको सहारा देशकै ठूलो सहकारी
हजारको नोट नसाटिँदा खुलेको सहारा देशकै ठूलो सहकारी
मन्त्री नै मस्त सँग निदाए
मन्त्री नै मस्त सँग निदाए
गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी ,पदाधिकारी बनाएरै पार्टीमा प्रवेश गराउने.
गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी ,पदाधिकारी बनाएरै पार्टीमा प्रवेश गराउने.
आज श्रीपञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईँदै
आज श्रीपञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईँदै