अबको २० दिनभित्र नयाँ सरकार बन्ने ओलीको घोषणा, कांग्रेसले २५ सिट नकटाउने दाबी (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०७४
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले २० दिन भित्र नयाँ सरकार बनाउने दाबी गरेका छन् ।
  • माउन्टेन टेलिभिजको विशेष प्रस्तुतिमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष ओलीले जनताका आकांक्षा पूरा गर्नका लागि वाम गठबन्धन प्रतिवद्ध रहेको बताउँदै चुनावी नतिजालगत्तै सरकार गठन गर्ने बताए ।
  •   को प्रधानमन्त्री बन्ने भन्ने विषयमा चुनावपछि छलफल गरेर निर्णय गरिने ओलीको भनाई छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले २० दिन भित्र नयाँ सरकार बनाउने दाबी गरेका छन् । माउन्टेन टेलिभिजको विशेष प्रस्तुतिमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष ओलीले जनताका आकांक्षा पूरा गर्नका लागि वाम गठबन्धन प्रतिवद्ध रहेको बताउँदै चुनावी नतिजालगत्तै सरकार गठन गर्ने बताए ।

 

को प्रधानमन्त्री बन्ने भन्ने विषयमा चुनावपछि छलफल गरेर निर्णय गरिने ओलीको भनाई छ । प्रधानमन्त्री को बन्ने भन्ने विषयमा माओवादी अध्यक्ष प्रचण्डसँग कुनै सहमति नभएको ओलीले बताए ।

वाम गठबन्धन पूर्ण लोकतान्त्रिक भएको दाबीसमेत ओलीले गरे । “यो गठबन्धन लोकतान्त्रिक, राष्ट्रिय एकताको लागि हो ।”
कम्युनिष्ट गठबन्धन भनिए पनि आफूहरुले चुनावी तालमेल मात्रै गरेको ओलीले बताए । एमाले र माओवादी मात्र नभै राप्रपा लगायतका अन्य दलसँग पनि विभिन्न स्थानमा तालमेल गरिएकाले यसलाई कम्युनिष्ट गठबन्धन भन्न नमिल्ने तर्क ओलीले गरे ।

रिपोर्तेर्स नेपाल बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?