लकडाउनको तेस्रो दिनः धुम्बाराहीस्थित तरकारी बजारमा बढ्यो आयात

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १३, २०७६
|
|
२५ पटक हेरिएको
Shares
लकडाउनको तेस्रो दिनः धुम्बाराहीस्थित तरकारी बजारमा बढ्यो आयात

सारांश

  • काठमाडौँको धुम्बाराहीस्थित तरकारी बजारमा लकडाउनको तेस्रो दिन अघिल्लो दिनको तुलनामा चहलपहलमा निकै बृद्धि भएको छ ।
  • लकडाउनको पहिलो र दोस्रो दिन सुनसानप्राय बनेको बजारमा आजदेखि चहलपहल देखिएको छ ।
  • त्यस्तै तरकारी तथा फलफूल आयातमा बृद्धि समेत भएको व्यापारीले बताए ।

काठमाडौँको धुम्बाराहीस्थित तरकारी बजारमा लकडाउनको तेस्रो दिन अघिल्लो दिनको तुलनामा चहलपहलमा निकै बृद्धि भएको छ । लकडाउनको पहिलो र दोस्रो दिन सुनसानप्राय बनेको बजारमा आजदेखि चहलपहल देखिएको छ । त्यस्तै तरकारी तथा फलफूल आयातमा बृद्धि समेत भएको व्यापारीले बताए ।

तरकारी खरिद गर्नका लागि राजधानीका खुद्रा तरकारी व्यापारी बिहानै उक्त बजारमा पुगेका थिए । तरकारीको आयात प्रयाप्त भएपनि पसलसम्म पुर्याउन भने सवारी साधन नभएका कारण कठिनाई भएको जयबागेश्वरीमा तरकारी पसल सञ्चालन गरिरहेकी सन्तमाया थापाले गुनासो गरिन् ।

तरकारी आयात सहज भएपनि मूल्य भने निकै बढेको धुम्वाराहीका व्यापारी धनेन्द्र गौतमले बताए । गोलभेडा, कागती, काउली लगायतका तरकारीको मूल्य दुई दिन अघिभन्दा ४० देखि ६० प्रतिशतले बृद्धि भएको गौतमको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?