अबदेखि वर्कसपमा यस्तो नयाँ मेसिन राख्नुपर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २, २०७५
|
|
२२ पटक हेरिएको
Shares
अबदेखि वर्कसपमा यस्तो नयाँ मेसिन राख्नुपर्ने

सारांश

  • काठमाडौं – वायु प्रदूषणको प्रमुख कारक सवारी प्रदूषण भएको रिपोर्ट सार्वजनिक भएपछि प्रदूषण नियन्त्रणमा कडाइ गर्न थालिएको छ ।
  • अब वर्कसपले सवारीसाधन मर्मत सम्भार गरेपछि प्रदूषण मापदण्ड जाँच गर्न अनिवार्य रुपमा मेसिन राख्नुपर्ने कानुनी व्यवस्था गरिएको छ ।
  • वायु प्रदूषण ३८ प्रतिशत हिस्सा सवारी प्रदूषणको रहेको प्रतिवेदनले देखाएको छ ।

काठमाडौं – वायु प्रदूषणको प्रमुख कारक सवारी प्रदूषण भएको रिपोर्ट सार्वजनिक भएपछि प्रदूषण नियन्त्रणमा कडाइ गर्न थालिएको छ ।

अब वर्कसपले सवारीसाधन मर्मत सम्भार गरेपछि प्रदूषण मापदण्ड जाँच गर्न अनिवार्य रुपमा मेसिन राख्नुपर्ने कानुनी व्यवस्था गरिएको छ । वायु प्रदूषण ३८ प्रतिशत हिस्सा सवारी प्रदूषणको रहेको प्रतिवेदनले देखाएको छ ।

यातायात व्यवस्था विभागले हालै जारी गरेको कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका २०७४ मा वर्कसप सञ्चालन गर्दा सवारी प्रदूषण जाँच मेसिन अनिवार्य राख्नुपर्ने मापदण्ड तोकिएको हो ।

अब पेट्रोल गाडीको प्रदूषण जाँच गर्न ‘ग्यास एनालाइजर’ र डिजल गाडीको प्रदूषण जाँच गर्न ‘स्मोक मिटर’ एक थान अनिवार्य राख्नुपर्ने भएको छ ।

वर्कसपले गाडी मर्मत गरेपछि प्रदूषण मापदण्डअनुसार भयो/भएन जाँच गर्दा सवारीधनीलाई सहज हुने भएकाले मेसिन अनिवार्य गरेको यातायात व्यवस्था विभागको भनाइ छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

(Adipex)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?