एसईई रोक्ने निर्णय

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २९, २०७७
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) रोक्ने निर्णय गरेको छ।
  • विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) त्रासका कारण स्थगित भएको एसईई परीक्षा रोक्ने निर्णय बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको हो।
  • बुधबारको मन्त्रिपरिषद् बैठकले हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्ने गरी एसईई परीक्षा रोक्ने निर्णय गरेको हो।

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) रोक्ने निर्णय गरेको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) त्रासका कारण स्थगित भएको एसईई परीक्षा रोक्ने निर्णय बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको हो।

बुधबारको मन्त्रिपरिषद् बैठकले हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्ने गरी एसईई परीक्षा रोक्ने निर्णय गरेको हो।

बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै कोरोनाको अवस्था सामान्य भएका ठाउँमा जोरबिजोर प्रणालीमा गाडी चल्न दिने निर्णयसमेत गरेको छ। सँगै पसल खोल्न दिने निर्णयसमेत भएको एक मन्त्रीले जानकारी दिए।

सरकारले बुधबार राति ढिला सकिएको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?