चेल्सीद्वारा क्लबमाथि लागेको प्रतिबन्ध हटाउन फिफासँग अपिल

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २२, २०७५
|
|
१८ पटक हेरिएको
Shares
चेल्सीद्वारा क्लबमाथि लागेको प्रतिबन्ध हटाउन फिफासँग अपिल

सारांश

  • काठमाडौं, २२ फागुन ।
  • इङ्लिस फुटबल क्लब चेल्सीले खेलाडी किनबेचमा लागेको २ बर्षको प्रतिबन्ध हटाउन विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग अपिल गरेको छ ।
  • युवा खेलाडी अनुबन्ध गर्दा फिफाको नियम तोडेको भन्दै फिफाले चेल्सीलाई दुई साता अघि २ बर्षको प्रतिबन्ध लगाएको थियो ।

काठमाडौं, २२ फागुन । इङ्लिस फुटबल क्लब चेल्सीले खेलाडी किनबेचमा लागेको २ बर्षको प्रतिबन्ध हटाउन विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग अपिल गरेको छ ।

युवा खेलाडी अनुबन्ध गर्दा फिफाको नियम तोडेको भन्दै फिफाले चेल्सीलाई दुई साता अघि २ बर्षको प्रतिबन्ध लगाएको थियो ।प्रतिबन्धअनुसार प्रिमियर क्लब चेल्सीले सन् २०२० सम्म खेलाडी किनबेच गर्न पाउने छैनन् । यही प्रतिबन्ध हटाउन चेल्सीले हिजो फिफासँग औपचारिक अपिल दर्ता गरेको हो ।

चेल्सीले युवा खेलाडी अनुबन्ध गर्दा १८ बर्ष मुनिका विदेशी खेलाडी अनुबन्ध गरेको कारण प्रतिबन्ध लगाईएको फिफाले जनाएको छ ।

खेलाडी किनबेचमा प्रतिबन्धसँगै फिफाले चेल्सीलाई ४६ करोड पाउण्ड जरिवाना समेत गरेको छ । यो प्रकरणमा फिफाले इङ्लिसस फुटबल संघलाई समेत ३९ करोड पाउण्ड जरिवाना गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?