‘मारुनी’ फिल्मको प्रचारमा नयाँ शैली, दर्शकले रुचाउलान पुष्प र साम्राज्ञीको जोडी?

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १३, २०७६
|
|
५७ पटक हेरिएको
Shares
‘मारुनी’ फिल्मको प्रचारमा नयाँ शैली, दर्शकले रुचाउलान पुष्प र साम्राज्ञीको जोडी?

सारांश

  • काठमाडौं ।
  • आउँदो भदौं १३ गतेबाट प्रदर्शनमा आउने एक फिल्म हो, –‘मारुनी’ ।
  • फिल्मले प्रचार सामाग्रीका रुपमा पोष्टर र दुई गीत सार्वजनिक गरिसकेको छ ।

काठमाडौं । आउँदो भदौं १३ गतेबाट प्रदर्शनमा आउने एक फिल्म हो, –‘मारुनी’ ।फिल्मले प्रचार सामाग्रीका रुपमा पोष्टर र दुई गीत सार्वजनिक गरिसकेको छ । केही दिनमा ट्रेलर सार्वजनिक गर्ने तयारीमा निर्माण टिम लागेको छ ।सार्वजनिक पोष्टर र गीतलाई हेर्ने हो भने, दर्शकले अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको केमेष्ट्रिलाई रुचाएका छन् । शुरुमा ‘जाम्न माया जाम’बोलको गीतबाट तारिफ पाएको टिमलाई दोस्रो गीत ‘सक्दिन न बाँच्न तिमि बिना’को दर्शक प्रतिक्रियाले थप उत्साहित बनाएको छ ।

साखगरी पुष्प र साम्राज्ञीको जोडी, उनिहरुको ड्रेसअप र गीतको मेकिङलाई दर्शकले रुचाएका छन् ।फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । उनि दर्शकले देखाएको मायाले आफू फिल्मलाई लिएर निकै उत्साहित रहेको बताउँछन् । अहिले इटहरी लगायतका केही जिल्लामा फिल्मको नयाँ शैलीमा प्रचार–प्रसार समेत भईरहेको छ । झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा लगायतका जिल्लामा सिपमूलक तालिमको प्रशिक्षण लिइरहेका प्रशिक्षार्थीहरुलाई ‘मारुनी’ फिल्मबारे जानकारी दिइने जनाईएको छ ।

‘यो अफिसियल्ली पब्लिसिटी चाँही होइन्’ निर्देशक नेपालले भने,–‘त्यहाँका साथीहरुलाई पब्लिसिटीका लागि अनुरोध गरेको थिए । त्यो अनुरोधलाई उहाँहरुले स्वीकारिदिनुभयो ।’ यस किसिमको प्रचार–प्रसारले ग्रामीण क्षेत्रका दर्शकमा समेत फिल्मप्रतिको उत्सुकता बढ्ने उनले बताए । पूनम ईन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा पूनम गौतमको लगानी छ । फिल्ममा पुष्प र साम्राज्ञीका साथमा रेबिका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ लगायतको मुख्य भूमिका छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यकाल थप्न सशस्त्रका ३ डिआइजीको दौडधुप
कार्यकाल थप्न सशस्त्रका ३ डिआइजीको दौडधुप
हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ: राष्ट्रपति पौडेल
हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ: राष्ट्रपति पौडेल
पारसले एयरपोर्टमा प्रहरीको ‘कठालो’ समातेको विषय संसदमा उठ्यो
पारसले एयरपोर्टमा प्रहरीको ‘कठालो’ समातेको विषय संसदमा उठ्यो
कर्णाली प्रदेश : बाढी पहिरोमा परी ३३ जनाको मृत्यु, ४ सयभन्दा बढी घरपरिवार विस्थापित
कर्णाली प्रदेश : बाढी पहिरोमा परी ३३ जनाको मृत्यु, ४ सयभन्दा बढी घरपरिवार विस्थापित
Мостбет: бонусы на первый депозит и лучшие ставки на спор
कोरोना संक्रमणको जोखिम नियन्त्रणका सरकारका थप निर्णय
कोरोना संक्रमणको जोखिम नियन्त्रणका सरकारका थप निर्णय
यू-१९ विश्वकप क्रिकेट आजदेखि, नेपालसहित १६ देश सहभागी
यू-१९ विश्वकप क्रिकेट आजदेखि, नेपालसहित १६ देश सहभागी
ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास विक्रेता पक्राउ….
ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास विक्रेता पक्राउ….
कोरोना जितेकी युवती भन्छिन् : धैर्य र आत्मबल कोरोनाको औषधि
कोरोना जितेकी युवती भन्छिन् : धैर्य र आत्मबल कोरोनाको औषधि
कटारी–घुर्मी सडक खण्डमा टिपर दुर्घटना १ जनाको मृत्यु
कटारी–घुर्मी सडक खण्डमा टिपर दुर्घटना १ जनाको मृत्यु