अब सरकारले गति लिन्छ : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १८, २०७९
|
|
२७ पटक हेरिएको
Shares
अब सरकारले गति लिन्छ : प्रधानमन्त्री

सारांश

  • काठमाडाैं ।
  •  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पूर्णता पाएपछि नेपाली जनता र इतिहासमा नै नयाँ रेकर्ड बनाउने गरी काम गर्नेे प्रतिबद्धता व्यक्त गरेका छन् ।
  • नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको पाँचौ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन र समृद्धिका पक्षमा सरकारले कामको सुरुआत गरिसकेको र त्यसलाई अब थप गति दिने विश्वास दिलाए ।

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पूर्णता पाएपछि नेपाली जनता र इतिहासमा नै नयाँ रेकर्ड बनाउने गरी काम गर्नेे प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको पाँचौ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन र समृद्धिका पक्षमा सरकारले कामको सुरुआत गरिसकेको र त्यसलाई अब थप गति दिने विश्वास दिलाए ।

“आज मन्त्रिपरिषद् बिस्तार भएपछि सरकारका कामले गति लिन्छ । यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु । केही ठूला आयोजना र राष्ट्रले गौरव गर्ने निर्णय गर्नेछु ।” प्रधानमन्त्रीले भने ।

सो अवसरमा प्रधानमन्त्रीले वामपन्थी विचार बोक्ने कर्मचारी अरूभन्दा इमान्दार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने बताउँदै त्यसका लागि प्रतिस्पर्धा गर्न कर्मचारीलाई आग्रह गरे । जनतालाई सुशासनको अनुभूति दिलाउने काम कर्मचारीको भएकाले त्यसलाई इमान्दार भएर कर्तव्यपथमा अगाडि बढ्नसमेत आग्रह गरे ।

कर्मचारीको टे्ड युनियन चाहिन्छ कि चाहिँदैन भन्ने बहस भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विगतको अनुभव र राजनीतिक परिवर्तनमा कर्मचारीले खेलेको भूमिकालाई आत्मसात् गर्दै त्यसलाई कायम राखेर जानुपर्छ भन्ने पक्षमा आफू रहेको बताए। कर्मचारीतन्त्रमा रहेको बेथिती र अराजकता अन्त्य गर्दै जनतालाई गुणस्तरीय सेवा दिनसमेत उहाँले आग्रह गरे ।

उनले सहमति नभए निर्वाचनका माध्यमबाट नेतृत्व चयन गर्न आग्रह गरे। उनले भने “समझदारीका साथ नीति, योजना र कार्यक्रम पारित गर्नुस् र नेतृत्व चयन गर्नुस् भन्ने मेरो आग्रह छ । नेतृत्वमा टिको लगाउने प्रथाले फाइदा गरेको छैन । स्वस्थ प्रतिस्पर्धा गर्दा केही फरक पर्दैन । लोकतान्त्रिक प्रक्रियाबाट नै नेतृत्व चयन गर्दा राम्रो हुने देखियो ।”

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ठूलो प्रयास र मेहनत गरेर, सरोकारवाला पक्षको धारणालाई समेत समेटेर सङ्घीय निजामती विधेयकलाई अन्तिम रुप दिइएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड र देउवा लाइ ‘RIP’ लेख्ने यि डिएसपी यसकारण भइनन् बढुवा !
प्रचण्ड र देउवा लाइ ‘RIP’ लेख्ने यि डिएसपी यसकारण भइनन् बढुवा !
रुसी सेनामा ४ हजार नेपाली
रुसी सेनामा ४ हजार नेपाली
एमाले र माओवादी कार्यकर्ताले आफ्नो उम्मेदवारमाथि सांघातिक आक्रमण गरेको राप्रपाको आरोप
एमाले र माओवादी कार्यकर्ताले आफ्नो उम्मेदवारमाथि सांघातिक आक्रमण गरेको राप्रपाको आरोप
छैठौँ पटक संसदीय दलको नेता देउवा निर्वाचित
छैठौँ पटक संसदीय दलको नेता देउवा निर्वाचित
5 Crucial Elements For Konto W Betclic
नागरिकता विधेयक प्रमाणीकरणको प्रतिपक्षबाट विरोध, सत्तापक्षको समर्थन
नागरिकता विधेयक प्रमाणीकरणको प्रतिपक्षबाट विरोध, सत्तापक्षको समर्थन
सरकारले ल्यायो १३ खर्ब को बजेट, कुन कुन क्षेत्रमा कति ?
सरकारले ल्यायो १३ खर्ब को बजेट, कुन कुन क्षेत्रमा कति ?
चुरोट काण्ड नसेलाउँदै प्रियंकाले गरिन् अर्को काण्ड, सामाजिक संजालमा भद्दा गाली
चुरोट काण्ड नसेलाउँदै प्रियंकाले गरिन् अर्को काण्ड, सामाजिक संजालमा भद्दा गाली
मतदाताको सद्भाव थियो, हाम्रो संगठन थिएन –  रवीन्द्र मिश्र
मतदाताको सद्भाव थियो, हाम्रो संगठन थिएन – रवीन्द्र मिश्र
नेकपाको सरकारलाई विजयकुमार पाण्डेकाे छि….राणा शासन यता लाजमर्दाे र कालाे घटनाकाे रेकर्ड !
नेकपाको सरकारलाई विजयकुमार पाण्डेकाे छि….राणा शासन यता लाजमर्दाे र कालाे घटनाकाे रेकर्ड !

तपाईंले छुटाउनुभयो कि?