चिनिया राष्ट्रपति बस्लान त ९ घण्टा काठमाडौँमा ?
सारांश
- काठमाडौं ।
- आगामी अक्टोबर महिनामा चीनका राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय निर्वाचन क्षेत्र बनारसको भ्रमण गर्दैछन् ।
- नेपालको आकास हुँदै चिनियाँ राष्ट्रपति सीले हिन्दूहरूको धार्मिक तथा सांस्कृतिक नगरी बनारसको भ्रमण गर्दा केही घण्टाका लागि काठमाडौंमा रोकिने भ्रमण तालिकासमेत बनेको छैन ।
काठमाडौं । आगामी अक्टोबर महिनामा चीनका राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय निर्वाचन क्षेत्र बनारसको भ्रमण गर्दैछन् । नेपालको आकास हुँदै चिनियाँ राष्ट्रपति सीले हिन्दूहरूको धार्मिक तथा सांस्कृतिक नगरी बनारसको भ्रमण गर्दा केही घण्टाका लागि काठमाडौंमा रोकिने भ्रमण तालिकासमेत बनेको छैन । चिनियाँ राष्ट्रपति सीको भ्रमण मितिको अन्तिम टुंगो लगाउन भारतका विदेशमन्त्री एस.जयशंकर केही दिनमा नै बेइजिङ भ्रमण गर्दैछन् ।
तर, नेपालको आकास उपयोग गर्दै भारत भ्रमण गर्न लागेका चीनका राष्ट्रपति सीलाई केही घण्टाका निम्ति काठमाडौंमा उतार्नेसम्मको गृहकार्य नेपाल सरकारको तर्फबाट अहिलेसम्म भएको खबर छैन । तथापि चिनियाँ राष्ट्रपति सीले बनारस भ्रमण गर्दा ९ घण्टाका लागि काठमाडौंमा रोकिने प्रचार भने हुन थालेको छ । तर यसका निम्ति नेपालको तर्फबाट चिनियाँ राष्ट्रपति सीलाई पटक पटक औपचारिक निम्तो दिनेबाहेक विशेष र आवश्यक कूटनीतिक पहल भने हुन सकेको छैन । यदि नेपालको तर्फबाट गम्भीर पहल हुन सकेमा चीनका राष्ट्रपति सी बनारस भ्रमणमा जाँदा केही घण्टाका लागि काठमाडौंमा रोकिने सम्भावना भने रहेको छ ।
उता भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही साउन महिनामा काठमाडौंमा आउन उत्सुक छन् भन्ने चर्चा पनि चलेको छ । पहिलो प्रधानमन्त्री कार्यकालका निम्ति निर्वा्चित भएको लगत्तै भारतीय प्रधानमन्त्री मोदीले भुटानपछि काठमाडौं भ्रमण गरेका थिए । तर दोस्रो कार्यकालका निर्वा्चित भएको तेस्रो दिनमा नै भारतका प्रधानमन्त्री मोदीले मालदिभ्स र श्रीलंका भ्रमण गरेका थिए र विदेश मन्त्रीमा नियुक्त भएको तेस्रो दिनमा नै एस.जयशंकरले भुटान भ्रमण गरेका थिए । तर प्रधानमन्त्रीमा निर्वा्चित भएपछि नरेन्द्र मोदीले काठमाडौं भ्रमण गरेका छैनन् जबकि प्रधानमन्त्री मोदी यही साउन महिनामा नै पशुपतिनाथको दर्शन गर्नेगरी काठमाडौं भ्रमण गर्न उत्सुक रहेको चर्चा गरिदैछ ।
यसका निम्ति सीतामढी–अमलेखगञ्ज पेट्रोलियम पदार्थको पाइपलाइन संयुक्त उद्घाटन उपयुक्त कार्यक्रम हुनसक्ने थियो । तर नेपालको तर्फबाट आवश्यक तयारी नभएकै कारणले गर्दा भारतीय प्रधानमन्त्री मोदीको २०७६ साउनमा पशुपतिनाथ दर्शन प्रमुख उद्देश्यसहितको काठमाडौं भ्रमण टुंगो हुन सकेको छैन । समाचार सूत्रका अनुसार भारत सरकारको सहयोगमा निर्माण भएको सीतामढी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको नेपालका प्रधानमन्त्री केपी ओलीले काठमाडौंबाट र भारतीय प्रधानमन्त्री मोदीले नयाँदिल्लीबाट संयुक्तरुपमा उद्घाटन गर्ने भएका छन् ।
भारतीय गुप्तचर एजेन्सी ‘रअ’ को प्रमुखमा नियुक्त भएको २० दिनमा नै समन्त गोयलले २०७६ साउन ४ गते शनिबारबाट सोमबारसम्म काठमाडौं उत्रिएर पहिलो विदेश भ्रमण गरेका थिए । समाचार सूत्रका अनुसार ‘रअ’ प्रमुख गोयलले काठमाडौं भ्रमण गुप्तचर एजेन्सीको प्रमुखको रुपमा भन्दा पनि भारतीय प्रधानमन्त्री मोदीको विशेषदूतको रुपमा काठमाडौं भ्रमण गरेको चर्चा पनि हुने गरेको छ । साँघुन्युजबाट
प्रतिक्रिया