अब स्मार्ट लाइसेन्स नेपालमै बन्ने !
सारांश
- काठमाडौ, ११ जेठ ।
- अब स्मार्ट लाइसेन्स लगायत स्मार्ट परिचयपत्र , एटिएम सबै नेपालमा बन्ने भएको छ ।
- मालिका कर्पोरेसन प्रालीले राजधानिमा एउटा कार्यक्रम गर्दै सो कार्यको समुद्घाटन गरेको हो ।
काठमाडौ, ११ जेठ । अब स्मार्ट लाइसेन्स लगायत स्मार्ट परिचयपत्र , एटिएम सबै नेपालमा बन्ने भएको छ ।
मालिका कर्पोरेसन प्रालीले राजधानिमा एउटा कार्यक्रम गर्दै सो कार्यको समुद्घाटन गरेको हो ।
कार्यक्रमका मुख्य अतिथी पुर्व गृहमन्त्री तथा नेकपाका बरिष्ठ नेता जनार्दन शर्माले कम्प्युटरको बटन थिची आफ्नै स्मार्ट कार्ड प्रीन्ट गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । शर्माले प्रबिधी अहिलेको समयमा अक्सिजन जति कै महत्त्वपूर्ण रहेको बताए । ट्र्याकिङ, च्याट, ट्रान्सफर अहिलेको समयमा महत्वपुर्ण बिषय हुन्, उनले भने, प्रबिधिले मान्छेको उमेर बढाएको छ, ५० बर्ष बाच्नेलाई ६० नबनाए पनि १०० बर्षमा गर्ने काम ५० बर्षमै गर्न प्रबिधिले मद्दत गरेको छ।’ विश्वलाई सानो गाउँका रुपमा परिवर्तन गर्न प्रबिधिले नै सहयोग गरेको समेत उनले थपे ।

मलिका कप्राेरेसनले बहुराष्ट्रिय कम्पनी जेब्रा र मन्त्रा सँग हात मिलाउँदै नेपालमा नयाँ प्रबिधिको सुरुवात गर्न लागेको हो । जेब्रा तथा मन्त्र कम्पनिले संसारका १०० देशमा सेवा दिइरहेका छन् भने ५० राष्ट्रमा कार्यालय स्थापना भैसकेको मलिका कर्पोरेसनका अध्यक्ष टिकाराम जोशिले बताए ।
अस्पतालमा बिरामिको विवरण बारबार लेख्नु पर्ने, लाइसेन्सको ट्राएल कटेपछी पनि महिनौँ एउटा कागज लिएर हिँड्नुपर्ने, विद्यार्थीको परिचय पत्र कागजी हुँदा बेहोर्नुपर्ने जस्ता झन्झट यो प्रबिधी नेपालमा आएसँगै अन्त्य हुने अध्यक्ष जोशिको भनाई छ ।
‘हाल नेपालमा विभिन्न नया प्रबिधी आइरहेका छन्, तर हामिले अहिलेको भन्दा पनि स्मार्ट प्रबिधी लन्च गर्दै छौँ’ उनले भने,अहिले देशमा लाइसेन्स लिन पास भैसकेपछी पनि नौ नौ महिना कुर्नुपर्ने समस्या छ, जुन हामिले पायौँ भने तीन महिनामा सबै समस्या समाधान गरिदिन्छौँ ।’
कार्यक्रममा जेब्रा कम्पनिका भारतिय प्रतिनिधि अतुल मिश्र र सौरव कपुर पनि उपस्थित थिए ।
प्रतिक्रिया