जसपा नेपाल महाधिवेशन: अध्यक्षमा यादव निर्विरोध निर्वाचित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३१, २०८१
|
|
३७ पटक हेरिएको
Shares
जसपा नेपाल महाधिवेशन: अध्यक्षमा यादव निर्विरोध निर्वाचित

सारांश

  • धनुषा।
  • जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा पुनः उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्।
  • पार्टी स्थापनाकालदेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा भएको दलको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन्।

धनुषा। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा पुनः उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्। पार्टी स्थापनाकालदेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा भएको दलको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन्।

अध्यक्ष पदका लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। अध्यक्षबाहेकका पदमा एकभन्दा बढी उम्मेदवारी परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन।

महाधिवेशनबाट दुई सय एक सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित हुनेछन्। त्यसमा अध्यक्ष एक, सहअध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव दुई, उपमहासचिव तीन, सचिव सात र कोषाध्यक्ष एकजना चयन हुने दलले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?