‘कोभिड–१९’ प्रभावः श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३०, २०७६
|
|
५१ पटक हेरिएको
Shares
‘कोभिड–१९’ प्रभावः श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन

सारांश

  • काठमाडाैं।
  • कोभिड–१९ (कोरोना) भाइसरले विश्वव्यापी रुपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ।
  •  नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले ‘अर्को सूचना नभएसम्म वैदेशिक रोजगारका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने’ निर्णय गरेपछि श्रम स्वीकृति प्रदान गर्ने कार्य आजदेखि स्थगित गरिएको वैदेशिक रोजगार कार्यालय ताहचलका प्रमुख उमेश बस्नेतले जानकारी दिए।

काठमाडाैं। कोभिड–१९ (कोरोना) भाइसरले विश्वव्यापी रुपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ।
 
नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले ‘अर्को सूचना नभएसम्म वैदेशिक रोजगारका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने’ निर्णय गरेपछि श्रम स्वीकृति प्रदान गर्ने कार्य आजदेखि स्थगित गरिएको वैदेशिक रोजगार कार्यालय ताहचलका प्रमुख उमेश बस्नेतले जानकारी दिए।
 
नेपालको प्रमुख श्रम गन्तव्य मुलुक दक्षिण कोरिया, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, बहराइन, कुवतेलगायतमा कोरोना भाइरस देखिएपछि ती मुलुकमा नेपाली कामदार नपठाउन सरकारलाई तीव्र दबाब परेको थियो। श्रम मन्त्रालयले यसअघि नै श्रम स्वीकृति स्थगन गर्ने तयारी गरेपनि निर्णय हुन सकेको थिएन।
 
सरकारले दक्षिण कोरियामा मार्च महिनाभर श्रमिक नपठाउने निर्णय गरिसकेको छ । कोरोनाको सङ्क्रमण बढ्न नदिन कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाईसकेको छ भने कुवेतले पनि भिसा दिन बन्द गरेको छ।
 
बुधबार विश्व स्वास्थ्य स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेको थियो। कोरोनाभाइरसबाट बच्नका लागि अन्य देशहरुले पनि आवश्यक सतर्कता अपनाउँदै अन्तराष्ट्रिय हवाई उडान र आवतजावतमा प्रतिबन्ध लगाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शितलनिवासमा राष्ट्रपतिसँग फोरम र राजपाको भेटवार्ता शुरु
शितलनिवासमा राष्ट्रपतिसँग फोरम र राजपाको भेटवार्ता शुरु
अनलाइनमार्फत बेलायत लैजाने लोभ देखाएर लाखौँ ठगी
अनलाइनमार्फत बेलायत लैजाने लोभ देखाएर लाखौँ ठगी
स्थानीय तह निर्वाचनमा थोरै मत अन्तरले जित्ने भागयमानी हरु को को ? हेर्नुहोस नाम लिस्ट
स्थानीय तह निर्वाचनमा थोरै मत अन्तरले जित्ने भागयमानी हरु को को ? हेर्नुहोस नाम लिस्ट
‘Student Of The Year 2’ actress Ananya Pandey looks breathtaking in her latest photoshoot!
‘Student Of The Year 2’ actress Ananya Pandey looks breathtaking in her latest photoshoot!
सार्क फिल्म फेस्टिभलमा स्वस्तिमा खड्कालाई बेष्ट पफर्मर अवार्ड
सार्क फिल्म फेस्टिभलमा स्वस्तिमा खड्कालाई बेष्ट पफर्मर अवार्ड
सम्पत्ति शुद्धीकरणसम्बन्धी नेपालको पारस्परिक मूल्याङ्कन प्रतिवेदन पारित
सम्पत्ति शुद्धीकरणसम्बन्धी नेपालको पारस्परिक मूल्याङ्कन प्रतिवेदन पारित
शेखरको देश दौडाह : पार्टीमा देउवालाई च्यालेञ्ज, सरकारमा ओलीलाई थ्रेट !
शेखरको देश दौडाह : पार्टीमा देउवालाई च्यालेञ्ज, सरकारमा ओलीलाई थ्रेट !
Sushant Singh Rajput is seen with his gang of dacoits in the new poster of ‘Sonchiriya’
Sushant Singh Rajput is seen with his gang of dacoits in the new poster of ‘Sonchiriya’
नेपाल विद्यालय कर्मचारी परिषदद्धारा नगर प्रमुखलाई ध्यानकर्षण
नेपाल विद्यालय कर्मचारी परिषदद्धारा नगर प्रमुखलाई ध्यानकर्षण
लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै
लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै