मृत भेटिइन् अभिनेत्री सहाना

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३१, २०७९
|
|
४७ पटक हेरिएको
Shares
मृत भेटिइन् अभिनेत्री सहाना

सारांश

  • मोडल तथा मलयालम अभिनेत्री सहाना मृत भेटिएकी छन् ।
  • मिडिया रिपोर्टका अनुसार उनी घरकै बाथरुमा मृत भेटिएकी हुन् ।
  • उनले एक दिन पहिले आफ्नो जन्मदिन सेलिब्रेसन गरेकी थिइन् ।

मोडल तथा मलयालम अभिनेत्री सहाना मृत भेटिएकी छन् । मिडिया रिपोर्टका अनुसार उनी घरकै बाथरुमा मृत भेटिएकी हुन् ।

उनले एक दिन पहिले आफ्नो जन्मदिन सेलिब्रेसन गरेकी थिइन् । सहानाको आमाबुबाले छोरी घरेलु हिंसाको सिकार भएको आरोप समेत लगाएका छन् । उनको निधनको सोधपुछका लागि प्रहरीले पति सज्जादलाई हिरासतमा लिएको छ ।

सहानाको आमाले आफ्नो छोरीले आत्महत्या गर्न नसक्ने भन्दै उनको हत्या भएको दाबी गरेकी छन् । छोरीले श्रीमान्ले आफूलाई कुट्ने र खाना पनि नदिने गरेको गुनासो गर्दै आएको समेत बताएकी छन् । सहाना कोजिकोडमा बस्दै आएकी थिइन् । सहाना र सज्जादको विवाह डेढ बर्ष अगाडि भएको थियो । केही अगाडि उनी आफु घरेलु हिंसाको सिकार भएको बिषयमा उजुरी दर्ता गराउने तयारीमा थिइन् । तर पति सज्जादको साथीहरुले सम्झाएको कारण उनी रोकिएकी थिइन् । हालै सहानाले एक फिल्ममा काम गरेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?