देशभर नेकपाले नेता थप्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १५, २०७६
|
|
१४ पटक हेरिएको
Shares
देशभर नेकपाले नेता थप्ने

सारांश

  • काठमाडौं १५ बैशाख ।
  • नेकपाले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ ।
  • प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी चार जनाका दरले २८ जना पदाधिकारी छन् ।

काठमाडौं १५ बैशाख । नेकपाले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी चार जनाका दरले २८ जना पदाधिकारी छन् ।

केन्द्रीय सदस्यको कार्य विभाजनका क्रममा सातै प्रदेशमा सहइन्चार्जको संख्या थप्ने तयारी नेकपाको छ । स्रोतका अनुसार एउटा प्रदेशमा दुईदेखि चारसम्म सहइन्चार्ज थपिँदै छ ।

सबैभन्दा बढी सहइन्चार्ज प्रदेश ३ मा थपिनेछ । प्रदेश तीनमा कम्तीमा चार सहइन्चार्ज थपिँदै छन् । प्रदेश १ मा सावित्रीकुमार काफ्ले, २ मा विश्वनाथ शाह, ३ मा हितबहादुर तामाङ, गण्डकीमा खगराज अधिकारी, ५ मा दलबहादर राना, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लक्ष्मण जोशी सहइन्चार्ज छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?