पहिले एसिड प्रहार त्यसपछि छुरा प्रहार !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
३७ पटक हेरिएको
Shares
पहिले एसिड प्रहार  त्यसपछि छुरा प्रहार !

सारांश

  • काठमाडाै, ९ असाेज ।
  •   नवलपुरमा एक महिलामाथि एसिड आक्रमण भएको छ।
  • कावासोती नगरपालिका–९, डण्डा बजारकी २७ वर्षीया वसन्ती परियारमाथि एसिड र छुरा प्रहार भएको हो।

काठमाडाै, ९ असाेज ।  नवलपुरमा एक महिलामाथि एसिड आक्रमण भएको छ। कावासोती नगरपालिका–९, डण्डा बजारकी २७ वर्षीया वसन्ती परियारमाथि एसिड र छुरा प्रहार भएको हो। गम्भीर घाइते उनको अहिले चितवनस्थित भरतपुर अस्पतालको आइसियुमा उपचार भइरहेको छ। उपचारमा संलग्न चिकित्कसका अनुसार एसिडले वसन्तीको २५ प्रतिशत शरीर जलेको छ भने देब्रे छातीमा प्रहार भएको चक्कु करङ छेडेर फोक्सोको नजिक पुगेको छ। यसैगरी देब्रेतर्फ पेटमा छुरा प्रहार हुँदा सानो आन्द्रा बाहिर निस्किएको छ।

आइतबार ८ बजे आकस्मिक कक्षमा भर्ना भएकी उनको राति नै अप्रेशन गरिएको छ।छिमेकमै रहेका विमल शिर्पालीले उनलाई एसिड तथा छुरा प्रहार गरेका हुन्। विमललाई प्रहरीले पक्राउ गरिसकेको छ। वसन्ती परियारका एक छोरा र एक छोरी छन्। वैदेशिक रोजगारका लागि लामो समय मलेसियामा रहेका उनका श्रीमान् हालै मात्र नेपाल फर्किएका थिए।आइतबार साँझ तरकारी किनेर फर्कंदै गर्दा लुकेर बसेका विमलले पछाडिबाट बसन्तीको कपाल समातेर अनुहारमा एसिड खन्याइदिएका हुन्। त्यसपछि तरकारी काट्ने चक्कुले अन्धाधुन्द प्रहार गरेका थिए। उनले आफू लामो समयदेखि वसन्तीको प्रेममा रहेको र विवाह गर्न नमानेकाले आक्रमण गरेको प्रारम्भिक बयान दिएका छन्। विमल पनि विवाहित हुन्। तर, उनकी श्रीमती माइतमा बस्दै आएकाले सम्बन्धविच्छेद गर्ने तयारीमा रहेकाले वसन्तीमाथि आँखा लगाएको आशंका गरिएको छ।

वसन्तीका श्रीमान यमनारायण परियारले विमललाई फाँसीको सजाय हुनुपर्ने माग गरेका छन् ।एसिड आक्रमणमै कारण रौतहटकी सम्झना दासको उपचारका क्रममा आइतबार राति मृत्यु भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?