अमिलिया–तुलसीपुर सडकको बेहाल, सम्बन्धित निकाय अर्काको टाउकोमा दोष थोपर्न व्यस्त

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
अमिलिया–तुलसीपुर सडकको बेहाल, सम्बन्धित निकाय अर्काको टाउकोमा दोष थोपर्न व्यस्त

सारांश

  • शरद रेग्मी दाङ, १५ असार ।
  • बर्षायामको सुरुवातसङ्गै तुलसीपुर–अमिलिया सडकखण्ड उच्च जोखिममा परेको छ ।
  • गत बर्ष भन्दा पनि जीर्ण अवस्थामा पुगेको सो सडकमा ठूलाठूला खाल्डाखुल्डी र नालाहरु भत्किएपछि सडक झनै जोखिममा परेको हो ।

शरद रेग्मी
दाङ, १५ असार । बर्षायामको सुरुवातसङ्गै तुलसीपुर–अमिलिया सडकखण्ड उच्च जोखिममा परेको छ । गत बर्ष भन्दा पनि जीर्ण अवस्थामा पुगेको सो सडकमा ठूलाठूला खाल्डाखुल्डी र नालाहरु भत्किएपछि सडक झनै जोखिममा परेको हो ।

गत बर्ष आएको पानीले ठाउँठाउँमा खसेको पहिरोको कारण केही दिनसम्म आवागमन समेत अवरुद्ध हुँदा सर्वसाधारणहरुले सास्ती बेहोरेको थिए । सो सडक एक बर्षसम्म पनि सडक डिभिजनले मर्मतसम्भार गर्न कुनै पहल नगर्दा अझैसम्म पनि गतसालकै पहिरो सबै स्थानमा हटाउन सकेको छैन । राप्ती राजमार्गमा पर्ने सो सडक खण्डमा अहिले पनि मर्मतका लागि ठेक्का लिएको तुलसी निर्माण सेवाले झारा टार्न खोजेको स्थानीयले आरोप समेत लगाएका छन् । मर्मतका लागि जिम्मा पाएको कम्पनीले समेत गुणस्तरीय काम नगरेको स्थानीयवासी सर्वजीत खत्रीले बताएका छन् ।

सधैं जसो उच्च जोखिममा रहेको तुलसीपुर अमिलिया सडक साँघुरो भएको र यातायात सञ्चालन गर्न निकै समस्या हुने गरेको राप्ती समितिका कल्याणकारी सचिव प्रकाश भट्टले जानकारी दिए । सम्बन्धित निकायबाट कामभन्दा कमिसनलाई प्राथमिकता दिँदा सडकमा स्तरीय काम हुन नसकेको समेत उनको भनाइ रहेको छ ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्रीप्रसाद शर्माका अनुसार अमिलिया सडक बिस्तार गर्न टेण्डर भइसकेको छ । अहिले बर्षातको समयमा नयाँ बाटो बिस्तार गर्दा झन समस्या पैदा हुने भन्दै तत्कालका लागि मर्मत गर्न आफूले निर्देशन दिइसकेको बताएका छन् । यता मर्मतको कामको जिम्मेवारी पाएका तुलसी निर्माण कम्पनीका सञ्चालक मनिराम खत्रीले मर्मतको काम सम्पन्न भइसकेको बताएका छन् ।

सडक मर्मतको काम सम्पन्न भइसकेको भनेर कम्पनीले भनिरहँदा उता सडक भने जस्ताको तस्तै रहेको छ । “सडकका डिई सापले फिल्डमा नगएरै मर्मत हुँदैछ भन्नु भएछ तर काम सम्पन्न भइसकेको छ” खत्रीले भने । यता सो सडकको दुरावस्था देखेर सर्वसाधारणहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले तत्कालै सडक मर्मत गर्न सडक डिभिजनको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?