दुईजना उभिएको भरमा संसद अवरुद्ध हुन दिनुहुन्न : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
१९ पटक हेरिएको
Shares
दुईजना उभिएको भरमा संसद अवरुद्ध हुन दिनुहुन्न : प्रधानमन्त्री

सारांश

  • काठमाडौं, ११ साउन ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट अस्वीकृत भएकाहरुको चुरीफुरी उपयुक्त नहुने बताएका छन् ।
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

काठमाडौं, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट अस्वीकृत भएकाहरुको चुरीफुरी उपयुक्त नहुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुलाई सरकारका कामकारबाहीका बारेमा डटेर कुरा राख्न निर्देशन समेत दिएका छन् । प्रधानमन्त्रीले भने, “संसदीय अभ्यासमा अभ्यस्त भइसकेका साथीहरुले अगुवाई गर्ने, नयाँ साथीहरुले त्यसलाई पछ्याउने गर्नुपर्यो ।” प्रधानमन्त्री ओलीले शीर्ष नेताहरुले सरकार, नीति तथा कार्यक्रम र बजेटका पक्षमा खुलेर कुरा राख्नुपर्ने बताउँदै त्यसले संसद र जनतामा पनि राम्रो सन्देश प्रवाह हुने बताए ।

संसदमा एक दुईजना उभिएका भरमा संसद अवरुद्ध हुन दिनु नहुने प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले असोज ३ गते सम्ममा कानुनहरु बनाई सक्नुपर्ने भएकोले संसद अवरुद्धताले यो कार्यसूचीलाई असर गर्ने बताएका छन् । “यी सबै काम समयमै सक्नका लागि हाम्रा सांसदहरुले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बल दिनु पर्दछ”, प्रधानमन्त्रीले भने ।

मन्त्रालय विभाजनको बारेमा बोल्दै प्रधानमन्त्री ओलीले भने “संविधानले २५ वटासम्म मन्त्रालय र मन्त्री बनाउन अधिकार दिएको छ । त्यस कारण आवश्यकता अनुसार मन्त्रालय विभाजन गरिएको हो ।” कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पार्टी र सरकार विरुद्ध भइरहेका षडयन्त्रलाई चिर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चौसठ्ठी खसीबोका नियन्त्रणमा
चौसठ्ठी खसीबोका नियन्त्रणमा
सिके राउतसहित ५ जनालाई थप १५ दिन थुनामा राख्न अादेश !
सिके राउतसहित ५ जनालाई थप १५ दिन थुनामा राख्न अादेश !
दमक गोल्डकप फुटबलको प्रधानमन्त्रीद्वारा उद्घाटन
दमक गोल्डकप फुटबलको प्रधानमन्त्रीद्वारा उद्घाटन
प्रम एकदिवसीय क्रिकेट : आर्मी विजयी
प्रम एकदिवसीय क्रिकेट : आर्मी विजयी
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशकै गौरवको संस्था हो : मुख्यमन्त्री जम्कट्टेल
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशकै गौरवको संस्था हो : मुख्यमन्त्री जम्कट्टेल
बालुवाटारमा सत्तारुढ दलको बैठक : मन्त्रिपरिषद् विस्तारबारे छलफल
बालुवाटारमा सत्तारुढ दलको बैठक : मन्त्रिपरिषद् विस्तारबारे छलफल
राप्रपाद्वारा  पार्टी परित्याग गरेका सदस्यको नाम अभिलेखबाट हटाउने निर्णय
राप्रपाद्वारा पार्टी परित्याग गरेका सदस्यको नाम अभिलेखबाट हटाउने निर्णय
विमिस्टेक सम्मेलनका लागि आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराखाैँ: गगन कुमार थापा
कोशी प्रदेशको नीति तथा कार्यक्रमः जनताको जलविद्युतदेखि ‘स्वस्थ्य नागरिक’ अभियानसम्म (पूर्णपाठ)
कोशी प्रदेशको नीति तथा कार्यक्रमः जनताको जलविद्युतदेखि ‘स्वस्थ्य नागरिक’ अभियानसम्म (पूर्णपाठ)
फोहर गर्नेलाई ठाउँका ठाउँ डण्डा चलाउने योजनामा मन्त्री लालबाबु पण्डित
फोहर गर्नेलाई ठाउँका ठाउँ डण्डा चलाउने योजनामा मन्त्री लालबाबु पण्डित

तपाईंले छुटाउनुभयो कि?