पारसको कीर्तिमानी सतकसँगै सिंगापुरमाथि सानदार जीत

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ११, २०७६
|
|
२५ पटक हेरिएको
Shares
पारसको कीर्तिमानी सतकसँगै सिंगापुरमाथि सानदार जीत

सारांश

  • पारस खड्काको कीर्तिमानी सतकले सिंगापुरमाथि नेपालले शानदार जित दर्ता गरेको छ।
  • त्रिकोणात्मक सिरीज अन्तर्गत सिंगापुरविरुद्ध नेपालले शुक्रबारको खेलमा नौ विकेटको जित दर्ता गरेको हो।
  • यो शानदार जितसँगै टी(२० मा सतक बनाउने पारस पहिलो खेलाडी बनेका छन्।

पारस खड्काको कीर्तिमानी सतकले सिंगापुरमाथि नेपालले शानदार जित दर्ता गरेको छ। त्रिकोणात्मक सिरीज अन्तर्गत सिंगापुरविरुद्ध नेपालले शुक्रबारको खेलमा नौ विकेटको जित दर्ता गरेको हो। यो शानदार जितसँगै टी(२० मा सतक बनाउने पारस पहिलो खेलाडी बनेका छन्।

त्रिदेशीय टी(२० सिरिजको दोस्रो खेलमा सिंगापुरले नेपाललाई जितका लागि १५२ रनको लक्ष्य दिएको थियो। सिंगापुरले टस जितेर पहिलो ब्याटिङ गरेको थियो। उसले निर्धा्रित २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाएको हो। उसका लागि कप्तान टीम डेविडले नटआउट ४ छक्का र ३ चौकाको मद्दतमा सर्वा्धिक ६४ रन बनाए। त्यस्तै सुरेन्द्रन चन्द्रमोहनले ३५ रन र जनक प्रकाशले २५ रन जोडे।

नेपालका लागि करण केसीले २ विकेट लिएका थिए। उनले ४ आभेरमा ३४ रन खर्च गरे। त्यस्तै सुशान भारीले एक विकेट लिए। ओपनिङ बलिङ गरेका सोमपाल कामी भने महङ्गा सावित भएका थिए। उनले ४ ओभरमा ४४ रन खर्चिएका उनले कुनै पनि विकेट लिएका थिएनन्।

एक सय ५२ रनको लक्ष्य पक्ष्याएको नेपालका कप्तान खड्काले शानदार सतक प्रहार गरे। नेपालले पारसको शतकको मद्दतमा १६ ओभरमा एक विकेट गुमाएर शानदार जित दर्ता गर्यो।

सुरुवात राम्रो गर्न नसकेको नेपालले ९ रन बनाउँदा एक विकेट गुमाएको थियो। १.३ ओभरमा नेपालका इशान्त पाण्डे एलबीडब्लू धरापमा परेका थिए । दोस्रो विकेटका लागि कप्तान पारस र आरिफ शेखले एक सय ४५ रनको साझेदारी गर्दा नेपालले शानदार जित दर्ता गरेको हो।

अविजीत रहेका कप्तान खड्काले ५२ बलमा सात चौका र नौ छक्का प्रहार गर्दै एक सय ६ रन बनाए भने आरिफले ३९ रनको योगदान गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?