संविधानको पालना हाम्रो दायित्व हो : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०८०
|
|
५१ पटक हेरिएको
Shares
संविधानको पालना हाम्रो दायित्व हो :  प्रधानमन्त्री

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन्।
  • बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

काठमाडौं। प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन्।

बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

पूर्वन्यायाधीश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्व न्यायधीशहरुसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजको हारमोनी विगार्न र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागि परेको भन्दै संविधान र कानूनको पालना गर्न लगाउन पूर्वन्यायाधीशहरुको भूमिकासमेत महत्वपूर्ण रहने बताए।

प्रधानमन्त्रीले पूर्वन्यायाधीशहरुले विगतमा संविधान र कानूनमाथि आक्रमण हुँदा आवाज उठाएको बताउँदै आगामी दिनमा पनि राज्यका विभिन्न अंग र निकायले गर्ने काममा संविधान र कानूनको पालना भए नभएको बारे निरन्तर निगरानी गरिरहनु पर्ने औंल्याएका छन्।

प्रधानमन्त्रीले राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिहरुले भिड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने भन्दै संविधान र कानूनको पूर्ण पालना गरेर त्यसका आधारमा मात्र निर्णय गर्नुपर्नेसमेत बताए।

प्रधानमन्त्रीसँगको छलफलमा पूर्वन्यायाधीशहरुले राज्यको कार्यकारी प्रमुखका नाताले प्रधानमन्त्रीले अहिलेको व्यवस्था सुदृढ गर्न तथा संविधान र कानूनको पालना गराउन भूमिका खेल्नुपर्ने सुझाव राखेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे
पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे
मन्त्री पाण्डेमाथि कांग्रेसकै सांसदले भ्रष्टाचारको आरोप लगाएपछि भाँडभैलो
मन्त्री पाण्डेमाथि कांग्रेसकै सांसदले भ्रष्टाचारको आरोप लगाएपछि भाँडभैलो
दाङमा एमालेलाई ६, माओवादीलाई ३ क्षेत्र, कांग्रेस अलमलमा
दाङमा एमालेलाई ६, माओवादीलाई ३ क्षेत्र, कांग्रेस अलमलमा
चितुवाको आक्रमणबाट बालकको मृत्यु
९० स्थानीय तहको नतिजा सार्वजनिक, कहाँ कसले जिते ? (मतसहित)
९० स्थानीय तहको नतिजा सार्वजनिक, कहाँ कसले जिते ? (मतसहित)
ललितपुर २ मा एमाले र ३ मा कांग्रेसको यस्तो छ अग्रता
ललितपुर २ मा एमाले र ३ मा कांग्रेसको यस्तो छ अग्रता
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त
अग्रता जोगाउन नसक्दा लेभान्टेसँग बार्सिलोना पराजित
अग्रता जोगाउन नसक्दा लेभान्टेसँग बार्सिलोना पराजित
कुकुरले टोकेका बिरामीको संख्या वृद्धि
कुकुरले टोकेका बिरामीको संख्या वृद्धि
प्रधानमन्त्री ओलीकै निर्वाचन क्षेत्रमा भूमाफियाको यस्तो दवदवा
प्रधानमन्त्री ओलीकै निर्वाचन क्षेत्रमा भूमाफियाको यस्तो दवदवा